‘सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्छ’ « Khabarhub

‘सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्छ’


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सदनलाई सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताएका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद दुलालले सदनलाई कतिपय अवस्थामा बहुमतको आधारमा पेल्ने एउटा थलोको रूपमा देखिएको भन्दै अव सत्यको आवाज सुन्ने र जनताको पक्षमा काम गर्ने थलोको रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

उनले देशमा मौलाउँदै गरेको भ्रष्टाचार, विकृति, बिसंगतिका विरुद्ध गरेको विद्रोह गरेको भन्दै उनीहरूको चाहना अनुसार देशलाई अघि बढाउनुपर्नेमा जोड दिए । संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था निर्माण गर्ने संकल्प गरेको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने उनले बताए । 

उनले सरकारले स्टन्ड गरेर समय खेल फाले नवयुवाहरूको भावनालाई सम्बोधन गर्न सक्ने अवस्था नआउने उल्लेख गरे । उनले देश र जनताको आवश्यकताका आधारमा संविधान संशोधनका लागि अघि बढ्नुपर्ने समेत बताए  । 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  २ : २५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको