शनिबारसम्म ३६५ जना संक्रमित कोरोनामुक्त | Khabarhub Khabarhub

शनिबारसम्म ३६५ जना संक्रमित कोरोनामुक्त


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबारसम्म ३६५ जना संक्रमित कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ बाट ७९, प्रदेश २ बाट १३३, बागतीबाट ३२, गण्डकीबाट ३, प्रदेश ५ बाट ९६, कर्णालीबाट ९ र सुदूरपश्चिमबाट १३ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट ९२ हजार ४७७ र आरडीटीबाट १ लाख ३७ हजार ४३५ नमूना परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा पीसीआरबाट ४ हजार १११ र आरडीटीबाट ५ हजार ५७० नमुना परीक्षण भएका छन्।

र, पछिल्लो २४ घण्टामा ३२३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या तीन हजार २३५ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

यसैगरी, देशभर क्वारेन्टाइनमा बस्ने मानिसको संख्या एक लाख ६८ हजार नाघेको छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशैभरका क्वारेन्टाइनमा दिनप्रतिदिन मानिस थपिने क्रम बढिरहेको छ।

सबैभन्दा धेरै सुदूरपश्चिममा छन्। आजसम्मको तथ्यांक अनुसार सुदूरपश्चिममा ६० हजार २४३ जना क्वारेन्टाइनमा छन्। प्रदेश ५ मा ४१ हजार २१७ र कर्णाली प्रदेशमा ३२ हजार २६५ जना रहेका छन्।

त्यस्तै, प्रदेश २ मा २१ हजार ९२, गण्डकी प्रदेशमा ५ हजार ३९८, प्रदेश १ मा ४ हजार ३०३ र बागतीमा ३ हजार ५१३ जना रहेका छन्।

आइसोलेसनमा रहेका संक्रमित २ हजार ८५७ जना रहेका छन्। जस अन्तर्गत प्रदेश १ मा १७०, प्रदेश २ मा ९४३, बागमतीमा ५५, गण्डकीमा ७०, प्रदेश ५ मा ९६१, कर्णालीमा ५६७ र सुदूरपश्चिममा ९१ जना संक्रमित आइसोलेसनमा रहेका छन्।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ५ : ५३ बजे

घाइते पत्रकारको उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौं – आन्दोलनरत शिक्षक र प्रहरीबीचको झडपमा घाइते भएकी पत्रकार

राष्ट्रपतिले वैशाख १९ गते संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको बैठकलाई

सरकारका प्रवक्ताले भने : बुधबारसम्म शिक्षकहरू विद्यालय फर्कने वातावरण बन्छ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले

बाटो निर्माण गर्दा भ्रष्टाचारको आरोपमा वडाध्यक्षसहित नौ जना विरुद्ध मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का

एमाले–कांग्रेस सहवास : ९ महिनाको ‘एक्स रे’

बालकोटमा ०८१ साल असार १५ गते केपी शर्मा ओली, शेरबहादुर