भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ « Khabarhub

भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको भरतपुर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएका माडीका २७ वर्षीय युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन्।

हिजो दिउँसो साढे २ बजे क्वारेन्टाइनबाट भरतपुर अस्पतालको आइसोलेसनमा ल्याएर भर्ना गरिएका बिरामीको आज बिहान साढे १० बजे मृत्यु भएको थियो।

बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि आइसोलेसनबाट आईसीयूमा सारेर उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।

त्यसपछि भरतपुर अस्पतालले उनको थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षण गरेको थियो। माडीकै एक क्वारेन्टाइनमा रहेका ती युवकलाई तीन दिनदेखि उच्च ज्वरो आएपछि अस्पताल लगिएको थियो।

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : ३७ बजे

सातजना जुवाडे पक्राउ

ललितपुर– गोदावरी नगरपालिका-१ दमाईटार बस्ने बिदुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही

प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित

किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन

गण्डकी– पोखरा महानगरपालिकाले वडास्तरीय कृषि सञ्जाल र वडा कार्यालयको समन्वयमा

कांग्रेस देउवा समूहको बैठक: निर्वाचन समीक्षादेखि महाधिवेशनको तयारीसम्म तीन एजेन्डा

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा) समूहले मंगलबारदेखि

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

खलङ्गा– ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा दुर्घटना