स्वारेज र ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जीत « Khabarhub

स्वारेज र ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जीत


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार फरवार्ड लुइस स्वारेज र एन्टोनी ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियलमाथि शानदार जीत हात पारेको छ ।

बार्सिलोनाले घरेलु टोलीमाथि ४–१ को जीत निकाल्दा स्वारेज, ग्रिजम्यान र अन्सु फातीले एक-एक गोल गरे । बार्सिलोनाले एक गोल भने आत्मघाती उपहार पाएको थियो ।

भिल्लारियलमा आइतबार राति भएको खेलमा बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै पोउ टोरेसको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

जोर्डी अल्वाको क्रसलाई भिल्लारियलका टोरेसले बचाउने प्रयास गरेपनि आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो ।

१४औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । स्यामुइल चुकवुइजीबाट पाको एल्कासेर हुदै सेन्टी कार्जोलाबाट आएको लो क्रसलाई मोरेनोले गोलमा परिणत गरेका थिए ।

२०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको एकल उत्कृष्ट मुभमेन्टको पासमा सुआरेजले गोल गर्दै बार्सिलोनालाई खेलमा २–१ को अग्रता दिलाए ।

४५औं मिनेटमा मेस्सीकै पासमा एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–१ को आरामदायी अग्रता दिलाए ।

८६औं मिनेटमा सब्सिच्युट अन्सु फातीले जोर्डी अल्वाको पासमा गोल गर्दै बार्सिलोनालाई ४–१ को जीतसहित ३ अंक दिलाए ।

जीतसँगै बार्सिलोनाको ३४ खेलबाट ७३ अंक पुगेको छ । शीर्षस्थानको रियलको ७७ अंक रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : ४० बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना