अब एकजनाले एउटै कम्पनीको २ भन्दा बढी सिमकार्ड नपाउने « Khabarhub

अब एकजनाले एउटै कम्पनीको २ भन्दा बढी सिमकार्ड नपाउने


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अब एक व्यक्तिले एकै कम्पनीका दुइ वटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएपछि यस्ताे व्यवस्था लागू हुन लागेकाे हाे ।

यद्यपि, एक व्यक्तिले फरक फरक सेवा प्रदायकको गरी दुईओटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईओटा, एनसेलका दुईओटा र स्मार्ट सेलका दुईओटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।

एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउने छैन ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।

यसरी एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड दिँदा दुरुपयोग हुनसक्ने भन्दै प्राधिकरणले यस्तो निर्णय लिएको बताइएको छ ।

‘एउटै व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा त्यसको दुरुपयोग हुनसक्छ, दूरसञ्चार सम्बन्धी विभिन्न अपराधमा प्रयोग हुन सक्छ,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘त्यतिमात्र नभएर एउटा व्यक्तिको नाममा धेरै सिमकार्ड हुँदा स्वयम् व्यक्ति नै खतरामा पर्न सक्ने भएकाले त्यस्तो जोखिम रोक्न यस्तो निर्णय लिइएको हो ।’

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : २९ बजे

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया