ए डिभिजन लिग क्लबलाई महानगरको सहयोग हस्तान्तरण « Khabarhub

ए डिभिजन लिग क्लबलाई महानगरको सहयोग हस्तान्तरण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्ना क्षेत्रमा रहेका शहीद स्मारक ए डिभिजन लिग क्लबलाई अनुदान रकम हस्तान्तरण गरेको छ।

सोमबार राजधानीमा कार्यक्रमको आयोजना गरि काठमाडौंका ६ वटा क्लबलाई महानगरले रकम हस्तान्तरण गरेको हो ।

महानगरले ए डिभिजन क्लबलाई १०/१० लाख सहयोग हस्तान्तरण गरेको हो । ए डिभिजन लिग खेल्ने महानगरका क्लबहरुमा मनाङ मस्याङ्दी क्लब, संकटा, सरस्वती, मच्छिन्द्र, एनआरटी र हिमालयन शेर्पा रहेका छन्।

अघिल्लो वर्षदेखि महानगरले नेपाली फुटबलको विकास र क्लबहरुलाई केही राहत होस् भनेर अनुदान दिन थालेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख विद्या सुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, महानगरका प्रशासकीय प्रमुख एकनारायण अर्याल र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पासहित क्लबका प्रतिनिधि उपस्थित थिए।

क्लबका तर्फबाट बोलेका लिग च्याम्पियन मछिन्द्रका अध्यक्ष प्रबोध वीर सिंह कङ्साकारले महानगरको सहयोगढिलै भएपनि पाएकोमा खुसी व्यक्त गरे।

` महानगरको सहयोग ढिला भएपनि पायौ। सहयोगका लागि धन्यवाद,´ अध्यक्ष कङ्सारकारले भने,´ फुटबलमा भएको खर्चको अनुपातमा यो कम भएपनि यसले क्लबलाई केही राहत महसुस हुनेछ। आगामी दिनमा बढ्ने अपेक्षा क्लबहरुको छ।´

महानगर प्रमुख शाक्यले महानगरले आर्थिक सहयोग लिग अगाडि नै योजना रहेको तर, कागजी तयारी समयमा पूरा नहुँदा समस्या भएको बताएका छन्।

`महानगरले लिग अगाडि नै दिने योजना बनाएको थियो। तर, कागजी प्रक्रिया नमिल्दा ०७७ सालमा दिनु परेको हो। महानगर खेलकुद विकासमा सकारात्मक छ। यो वर्ष पनि खेलकुदका लागि बजेट विनियोजन गरिएको,´ शाक्यले भने।

महानगरका उपप्रमुख खड्गीले भने, `खेलको प्रमोटका लागि महानगरले आर्थिक सहयोग गरेको हो। खेल विकासमा महानगर तयार छ।´

एन्फा अध्यक्ष शेर्पाले महानगरले क्लबहरुलाई आर्थिक सहयोगका लागि धन्यवाद भनेका छन्।

बी र सी डिभिजनलाई दिने योजना थियो। तर, यो वर्ष र अर्को वर्षको गरी बी र सीलाई दुई वर्षको सहयोग रकम हस्तान्तरण गरिने महानगर प्रमुख शाक्यले बताए ।

महानगरले ए डिभिजनलाई १० लाख, बी डिभिजनलाई ३ लाख र सी डिभिजनलाई २ लाख अनुदान दिँदै आएको छ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : २४ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि क्वाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र