ग्यास परियोजनामा काम गर्ने ८ श्रमिकको गोली हानि हत्या « Khabarhub

ग्यास परियोजनामा काम गर्ने ८ श्रमिकको गोली हानि हत्या


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मोजाम्बिकको एक ग्यास परियोजनामा काम गर्ने ८ श्रमिकको गोली हानि हत्या भएको छ । अज्ञात बन्धुकधारीले गोली प्रहार गरी हत्या गरिदिएका छन् ।

कम्पनीका अनुसार बाटो ढुकेर बसेका बन्धुकधारीले गोली चलाउँदा कम्पनीमा कार्यरत आठ मजदूरको ज्यान गएको छ ।

उत्तरी मोजाम्बिकमा सन् २०१७ देखि जिहादी विद्रोह जारी छ । यस विद्रोहका कारण उक्त क्षेत्रमा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विद्रोहका कारण तेल उत्खननका कार्यमा पनि असर परेको छ ।

तर प्राकृतिक ग्यास (एनएलजी) का परियोजनामा कार्यरत मजदूरमाथिको आक्रमण भने तुलनात्मक रुपमा कम हुने गरेको अधिकारीहरुले बताएका छन् ।

फ्रान्सेली तेल उत्पादक टोटलले नियुक्त गरेको फेनिक्स कन्ट्रक्सन सर्भिसले गत महिना आफ्नो कम्पनीमा कार्यरत मजदूरहरु चढेको सवारी साधनमाथि मोजाम्बिकको सेनाको पोशाकमा आएका पाँच जना बन्धुकधारीले गोली चलाउँदा केही मजदूर घाइते भएका र तीन जना अझै बेपत्ता रहेको बताएको छ ।

संयुक्तराष्ट्र संघले गत मे महिनामा सार्वजनिक गरेको अनुमान अनुसार विद्रोही समूहको आक्रमणबाट बिस्थापित हुनेको संख्या दुई लाख १० हजार पुगिसकेको छ । तर पछिल्लो समयमा निरन्तर जारी आक्रमणका कारण बिस्थापितको संख्या दुई लाख ५० हजार नाघेको स्थानीय सहायता निकायहरुले बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ४६ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर