म्याग्दी प्रवासी नेपाली सङ्घको नयाँ शाखा साईप्रसमा « Khabarhub

म्याग्दी प्रवासी नेपाली सङ्घको नयाँ शाखा साईप्रसमा


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व भर छरिएर रहेका म्याग्देलीहरुलाई एकै सूत्रमा बाँध्ने हेतुले स्थापित म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) ले आफ्नो सञ्जाल बिस्तारलाई निरन्तरता दिएको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा केन्द्रीय कार्यालय रहेको सङ्घको विश्वका २ दर्जन भन्दा बढी देशमा सक्रिय कार्य समिति रहेका छन् ।

म्याग्दी जिल्लाको विकासमा तथा प्रवासमा समस्यामा परेका आफ्ना नागरिकको सेवामा अग्रणी भूमिकामा रहँदै आएको सङ्घले हालै मात्र मध्यपूर्वको देश साईप्रसमा मोनाको नयाँ शाखा बिस्तार गरेको हो ।

साइप्रसको राजधानी निकोसियाको सिता पार्कमा आयोजित म्याग्देलीको भेलाले लोकराज रोका मगरको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गर्दै मोना साइप्रस गठन गरेको छ।

अध्ययन तथा रोजगारीको सिलसिलामा त्यहाँ पुगेका म्याग्देलीहरुको प्रत्यक्ष सहभागीतामा उक्त समिति गठन गरिएको हो ।

आफ्नो नेतृत्वमा एउटा नयाँ बिरुवा रोपिएको बताउँदै नवनिर्वाचित अध्यक्ष मगरले त्यसलाई मलजलसहित पानी हालेर हुर्काउन साईप्रसमा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई अनुरोध गर्दै कर्मभूमिमा समस्यामा परेका म्याग्देली तथा नेपालीहरू र जिल्लाको विकास र दुःखमा मल्हम लगाउन आफू सदैव प्रतिबद्ध रहेको बताए ।

उक्त भेलामा एनआरएनए साईप्रसका महासचिवको विशेष आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १ : ५७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको