दोहोरो अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

दोहोरो अंकले बढ्यो नेप्से


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक हजार २९८.७३ मा पुगेको छ। सेन्सेटिभ परिसूचक ६ .३० ले वृद्धि भई २७५.८८ मा पुगेको छ।

स्टकका अनुसार कुल १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता शेयर ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँमा कारोबार भएको छ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै अवस्था नकारात्मक छ। सामूहिक लगानी कोष ०.०६ ले घट्दा बैंकिङ २१.२९, व्यापार १४ दशमलव ४७, होटल ७४.६७, विकास बैंक १४ .१५, जलविद्युत् १२.४७, वित्त २.५१, निर्जीवन बीमा २७४.४, उत्पादन ४५.२३, अन्य २९.६२, लघुवित्त ८४.११, जीवन बीमा २६६.४३ बिन्दुले बढेको छ।

स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १४ करोड ५३ लाख ३१ हजार ३८० रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्सको सात करोड ८० लाख ९१ हजार ७९३ रुपैयाँ, प्रभु बैंकको संस्थापक शेयर चार करोड ८४ लाख ४४ हजार रुपैयाँ, हिमालयन डिस्टिलरी तीन करोड नौ लाख ९४ हजार ७५७ रुपैयाँ, एनएमबी बैंक दुई करोड ६० लाख २४ हजार ३४ रुपैयाँ, शिवम् सिमेन्टको दुई करोड ४९ लाख ५३ हजार १९४ रुपैयाँ र नबिल बैंक दुई करोड ४० लाख ७० हजार २८४ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहेको छ।

स्टकका अनुसार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र नेपाल पुनर्बीमा कम्पनीका शेयरधनीले १०/१० प्रतिशतले कमाएका छन्। सूर्योदय लघुवित्त वित्तीय संस्था ९ दशमलब ९५, गरिमा विकास बैंक ९ दशमलब ८४, यूनाइटेड इन्स्योरेन्स ९ दशमलब ७०, स्वदेशी लघुवित्त वित्तीय संस्था ९ दशमलब ७०, सिद्धार्थ इन्स्योरेन्स ९ दशमलब ४५, आशा लघुवित्त वित्तीय संस्था ९ दशमलब २८ र तारागाँउ रिजेन्सी होटलका लगानीकर्ताले ९ दशमलब १४ प्रतिशतले कमाएका छन्।

त्यस्तै, राधी विद्युत् कम्पनी ९ दशमलब ८९, बोटलर्स नेपाल तराई ५ दशमलब ८६, देवः विकास बैंक ५ दशमलब १६, जोशी हहाइड्रोपावर ३ दशमलब ९२, विशाल बजार कम्पनी ३ दशमलब ९१, खानीखोला हाइड्रोपावर ३ दशमलब ७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ३ दशमलब ४४ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३ दशमलब ३३ प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ५ : ५२ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा