एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स « Khabarhub

एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एप्पलले करिब ४५ सय वटा चिनियाँ गेमिङ एप्सहरु आफ्नो एप स्टोरबाट हटाएको छ । चीनमा हालै लागु गरिएको इन्टरनेट नीतिका आधारमा ४५ सय वटा गेम एप्सहरु हटाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

नयाँ नीतिमा गेम डेभलपर्सले चीनको एप स्टोरमा कुनै गेम अपलोड गर्नुभन्दा पहिले चिनियाँ निकायबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने नियम छ ।

एप्पलले चिनियाँ सरकारको दबाबका कारण ती एपहरु हटाएको हो ।

एप्पल चाइनाका मार्केटिङ म्यानेजर टड कुहन्सले १ जुलाइदेखि लागु भएको चीन सरकारको नयाँ नियमका कारण कैयन् गेम एप्सहरु हटाएको बताएका छन् ।

चीनमा लागु गरिएको नयाँ नियमका कारण २० हजारभन्दा बढी एप प्रभावित हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : १० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन