जापानमा बाढीका कारण ४४ को मृत्यु « Khabarhub

जापानमा बाढीका कारण ४४ को मृत्यु


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान- जापानमा केही दिन यता पेरेको अविरल वर्षासँगै आएको बाढीका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पूर्वानुमान गरेको थियो ।

बाढी प्रभावित क्षेत्रमा एक लाख १७ हजार घर परिवारका दुई लाख ५४ हजार वासिन्दा बस्ने गरेको अधिकारीहरुले जनाएका छन् । बाढी र डुवानका कारण अरु १० जना अझै पनि हराइरहेको जनाइएको छ ।

बाढीबाट प्रभावित भएकामध्ये एक हजार पाँच सयलाई अस्थायी शरणार्थी शिविरहरुमा राखिएको छ । उनीहरुका लागि ८६ शिविरहरु बनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रका भौतिक संरचनाहरु ध्वस्त भएका छन् भने सञ्चार, विद्युत, खानेपानी, सडक लगायतका सञ्जाल तोडिएको छ ।

घटनामा परेका अरु केहीलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उद्धारका लागि कुमामोटो क्षेत्रमा हेलिकोप्टर र झण्डै दश हजार सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । उनीहरुलाई घटनास्थलमै पुगेर उद्धार गरिएको थियो ।

बाढीका कारण कुमा नदी वरीपरी रहेका दर्जनौ घर, सवारी साधनलगायतका भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । अधिकांश घरहरुको छानोसम्म डुबान भएको अधिकारीहरुले जनाएका छन् ।

उद्धारकर्ताहरुले डुवानमा परेको क्षेत्रका बासिन्दालाई घरको छतमा बस्न र उद्धारका लागि खबर गर्न आह्वान गरेका छन् । खबर आएकाहरुलाई सैनिक र हेलिकोप्टरबाट उद्धार पनि गरिएको छ ।

डुवानमा परेकाहरुलाई खोजी तथा उद्धार कार्य जारी रहेको उद्धार कार्यमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ७ : ४५ बजे

जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनको छानबिन गर्न

किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ?

बेरुत – इजरायली सेनाले दक्षिणी लेबनानका महत्त्वपूर्ण भौतिक पूर्वाधार र

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को