खेलकुद मन्त्रालयद्वारा ‘एन्टी डोपिङ एप’ सार्वजनिक « Khabarhub

खेलकुद मन्त्रालयद्वारा ‘एन्टी डोपिङ एप’ सार्वजनिक


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप सार्वजनिक गरेको छ ।

नयाँ युग अनुसार नेपाली खेलकुदका कार्यक्रम, खेलाडीले सहभागीता जनाएका राष्ट्रिय तथ अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको दस्तावेज समेत रहने गरी मन्त्रालयले एप सार्वजनिक गरेको हो ।

लामो समयको गृहकार्य पछि एप्स सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बताए ।

‘यसका लागि हामीले लामो समय गृहकार्य गरेका छौं । अहिलेसम्म नेपालले सहभागता जनाएका अन्तर्राष्ट्रिय प्रतियोगिता र खेलाडीका पदकहरु समेत एप्समा समेटिएको छन्,’ मन्त्री विश्वकर्माले बताए ।

एप निर्माणमा जुटेको प्राविधिक टोलीले एप इन्टरनेटविना पनि खुल्ने र भित्र रहेका कन्टेन्टहरु खुल्ने बताइएको छ ।

एपमा खेलाडीको अन्तर्राष्ट्रिय  सहभागिता, खेलाडीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेल गतिविधि लगायतका दस्तावेज समावेश गरिएको बताइएको छ ।

एप म्याराथन धावक बैकुण्ठ मानन्धरको प्रोमो भिडियो बजाउँदै सार्वजनिक गरिएको थियो ।

१३ औं दक्षिण एसिायली खेलकुद आयोजना गर्दाको अनुभव सुनाउँदै मन्त्री विश्वकर्माले भने, ‘साग यसअघि पनि नेपालमा आयोजना गरिएको थियो । तर, ती प्रतियोगिताहरुको कुनै पनि दस्तावेज फेला पार्न सकिएन । अब यो एपमा सबै खेलकुद गतिविधिहरु दस्तावेजका रुपमा समेत रहनेछन् ।’

‘वर्ल्ड एन्टी डोपिङ एजेन्सी’ ले बर्जित गरेका औषधिहरुको सूची समेत एपमा रहेने हुँदा यसको नाम नै एन्टी डोपिङ एप राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ३२ बजे

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा

सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि आवेदन दिन २१ दिनको समय

काठमाडौँ– सरकारले सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका विषयमा आधारित चलचित्र निर्माणलाई

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर