खेलकुद मन्त्रालयद्वारा ‘एन्टी डोपिङ एप’ सार्वजनिक « Khabarhub

खेलकुद मन्त्रालयद्वारा ‘एन्टी डोपिङ एप’ सार्वजनिक


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले एन्टी डोपिङ एप सार्वजनिक गरेको छ ।

नयाँ युग अनुसार नेपाली खेलकुदका कार्यक्रम, खेलाडीले सहभागीता जनाएका राष्ट्रिय तथ अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको दस्तावेज समेत रहने गरी मन्त्रालयले एप सार्वजनिक गरेको हो ।

लामो समयको गृहकार्य पछि एप्स सार्वजनिक गरिएको युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बताए ।

‘यसका लागि हामीले लामो समय गृहकार्य गरेका छौं । अहिलेसम्म नेपालले सहभागता जनाएका अन्तर्राष्ट्रिय प्रतियोगिता र खेलाडीका पदकहरु समेत एप्समा समेटिएको छन्,’ मन्त्री विश्वकर्माले बताए ।

एप निर्माणमा जुटेको प्राविधिक टोलीले एप इन्टरनेटविना पनि खुल्ने र भित्र रहेका कन्टेन्टहरु खुल्ने बताइएको छ ।

एपमा खेलाडीको अन्तर्राष्ट्रिय  सहभागिता, खेलाडीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेल गतिविधि लगायतका दस्तावेज समावेश गरिएको बताइएको छ ।

एप म्याराथन धावक बैकुण्ठ मानन्धरको प्रोमो भिडियो बजाउँदै सार्वजनिक गरिएको थियो ।

१३ औं दक्षिण एसिायली खेलकुद आयोजना गर्दाको अनुभव सुनाउँदै मन्त्री विश्वकर्माले भने, ‘साग यसअघि पनि नेपालमा आयोजना गरिएको थियो । तर, ती प्रतियोगिताहरुको कुनै पनि दस्तावेज फेला पार्न सकिएन । अब यो एपमा सबै खेलकुद गतिविधिहरु दस्तावेजका रुपमा समेत रहनेछन् ।’

‘वर्ल्ड एन्टी डोपिङ एजेन्सी’ ले बर्जित गरेका औषधिहरुको सूची समेत एपमा रहेने हुँदा यसको नाम नै एन्टी डोपिङ एप राखिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ८ : ३२ बजे

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा