काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी सक्रिय संक्रमित भएका स्थानमा जोर विजोर लागू « Khabarhub

काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी सक्रिय संक्रमित भएका स्थानमा जोर विजोर लागू


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित देखिएका ठाउँमा आजदेखि जोर विजोर लागू भएको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले सक्रिय संक्रमित २ सयभन्दा बढी देखिएका सबै जिल्ला र काठमाडौँ उपत्यकामा जोर विजोर लगाएको हो ।

‘जोर विजोर सबैतिर हैन, बिहिबारदेखि नै लागू हुने गरी २०० भन्दा बढी सक्रिय संक्रमित देखिएका स्थान र काठमाडौँ उत्यकाका हकमा लागू गर्ने निर्णय भएको छ,’ गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने ।

गृह मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्ति अनुसार अब साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेशमा पनि प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक र ढुवानीका साधनमा भने यो प्रतिबन्ध लागू हुने छैन ।

जोर विजोर लागू भएसँगै फेरि सडकमा सवारी साधन पातलिएका छन् ।  जोर विजोर नियम अनुसार जोर दिन जोर नम्बरको र विजोर दिन विजोर नम्बरको सवारीसाधन सञ्चालन भए नभएकोबारे सुरक्षाकर्मीले बिहानैदेखि ठाउँठाउँमा चेकिङ सुरू गरेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी सक्रिय संक्रमित छन्। ती जिल्लामा आजदेखि जोर विजोर नियम लागू भएको छ।

कतिपय सर्वसाधारणले भने समयमै सूचना नआएका कारण दुःख पाएको गुनासो गरेका छन् ।

राति ९ बजेपछि हिँडडुलमा पनि रोक

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाइएको छ ।

यो प्रतिबन्ध काठमाडौँ उपत्यकासहित २०० भन्दा बढी संक्रमित देखिएको जिल्ला तथा ती जिल्लाका शहरी इलाकाको हकमा मात्र भएको गृह मन्त्रालयले बुधबार राति जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

१२१ दिनको लकडाउन अन्त्यको घोषणापछि सरकारले जोरविजोर हटाएको थियो ।

साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्यको घोषणापछि संक्रमित र मृतकको संख्या बढ्दै गएपछि सरकार फेरि संक्रमित बढी देखिएका क्षेत्र विशेषका आधारमा कडाई गर्ने निर्णयमा पुगेको हो ।

लकडाउन अन्त्यको घोषणा गर्दा ४० जना संक्रमितको मृत्यु भएकोमा त्यसयताका १५ दिनमा थप २० जनाको मृत्यु भएको छ ।  मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।

उक्त छलफलमा विज्ञहरूले सरकारलाई ‘स्मार्ट लकडाउन’ अर्थात् जहाँ संक्रमित देखियो त्यही क्षेत्रलाई आवश्यक परे कर्फ्यू लगाउनसमेत सुझाएका थिए ।

समुदायस्तरमा कोरोना कोरोना भाइरसको संक्रमण फैलिएको तथा त्यसको रोकथामका लागि भन्दै १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञासमेत जारी भइसकेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ५२ बजे

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका