देशभर सामान्य वर्षा, शनिबारदेखि लगातार झरी पर्ने पूर्वानुमान « Khabarhub

देशभर सामान्य वर्षा, शनिबारदेखि लगातार झरी पर्ने पूर्वानुमान


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुनी वायु सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले देशभर सामान्यदेखि आंशिक बदली भइरहेको छ ।

त्यसैको प्रभावस्वरूप अहिले गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो पनि सबै प्रदेशमा स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षा  सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार पनि एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

शनिबारदेखि लगातार झरी

मौसमविद्का अनुसार शनिबारबाट झरीसँगै भारी वर्षा हुने सम्भावना रहेको छ ।

मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले भारी वर्षा र झरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबारबाट देशका अधिकांश स्थानमा झरीसँगै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

शनिबार रातिदेखि मनसुन फेरि सक्रिय हुने सम्भावना रहेको तथा आइतबार धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको उनले जनाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : ३८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा