मिर्चैयामा लकडाउन « Khabarhub

मिर्चैयामा लकडाउन


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिरहाको मिर्चैया  नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ ।

नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो ।

नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसँग आग्रह गरेको छ ।

यसैबीच कोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती सङ्क्रमणलाई जीत्न सफल भएका छन् । होम आइसोलेसनमा बसेका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उनकी ३२ वर्षीया श्रीमती बिन्दा कोरोना संक्रमणमुक्त भएका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : २१ बजे

शपथमै प्रतिस्पर्धीहरूलाई बेवास्ता, अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई बोलाइएन

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण कार्यक्रममा

‘गुण्डुका बा’ले जितेर हारेको ‘ह्याट्रिक’

गुरु द्रोणाचार्यले महाभारत युद्धमा शहादत प्राप्त गरेपछि कौरव खेमामा सेनापति

सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न अध्यादेश अघि बढायो

काठमाडौं – सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुनी संरचनामा समायोजन गर्न

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय, प्रदेश र सङ्घीय तहमा

यी ७२ जना जसले खुलाबाट जिते केन्द्रीय सदस्य, प्रदीप र सुहाङलाई लोकप्रिय मत

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनबाट खुल्ला केन्द्रीय सदस्यमा ७२ जना