फुटबलको अभ्यास मापदण्ड तयार, के के परे 'रिस्क जोन'मा ? | Khabarhub Khabarhub

फुटबलको अभ्यास मापदण्ड तयार, के के परे ‘रिस्क जोन’मा ?



काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको अभ्यासका लागि मापदण्ड तयार पारेको छ ।

एन्फाले बनाएको मापदण्डमा स्वास्थ्य सुरक्षादेखि खेलाडीले क्याम्पमा रहँदा के गर्ने के नगर्ने, कुन क्षेत्र कति सम्बेदनसिल लगायतका सबै कुराहरुलाई स्पष्ट पारेको छ ।

एन्फा स्रोतबाट प्राप्त मापदण्डमा एन्फाले १६ बुँदाको अभ्यासमा फर्किने तयारीकाहरु उल्लेख गरेको छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगतको संयुक्त छनोटका बाँकी खेलका लागि एन्फाले भदौ १ गतेदेखि अभ्यास सुरुगर्ने तयारी गरेको छ ।

जसमा लागि एन्फाले अबको केही दिनमै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खेलाडीसहित ७० जनाको कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ ।

एन्फाले फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) को गाइडलाइन अनुसार नेपालको मापदण्ड तयार गरेको हो ।

एन्फाले तयार पारेको गाइडलाइन आज (बिहीबार) स्वीकृत हुने स्रोतले जनाएको छ ।

१ – सरसफाइ निर्देशन
२ – अभ्यास अगाडि र पछाडि ड्रेसिङ रुममा समय कम विताउने,
३ – खेलाडी र कर्मचारीलाई रोगको लक्ष्यणबारे जानकारी गराउने,
४ – दर्शक विना अभ्यास गर्ने,
५ – अभ्यासमा जानु अगाडि तापक्रम जाँच्ने,
६ – सम्भव भएसम्म हरेक कोठामा ह्यान्ड सेनिटाइजर राख्ने,
७ – हरेक दिनको अभ्यास सकिएपछि हल्का डिसइनफेक्सन गर्ने,
८ – टीमको मिटिङ ठूलो स्पेस भएको ठाउँमा गर्ने,
९ – सम्भव भएसम्म सँगै बसेर खाना नखाने, एक्लै एक्लै गरेर भान्सामा जाने,
१० – आफ्नो पानी पिउने बोतल अरुलाई प्रयोग गर्न नदिने,
११ – चेन्जीङ रुम र सावर सानो समूहमा प्रयोग गर्ने,
१२ – फिटनेस रुपमा सानो समुहमा जाने, आफुले फिटनेस अभ्यास सकेपछि सेनिटाइजरको प्रयोग गर्ने,
१३ – मेडिकल टीमले फेस मास्क, हातमा पञ्जा लगाएर काम गर्ने,
१४ – खेलाडीको उपचारका लागि फिजोयोथेरापिष्टले समय व्यवस्थापन गर्नु पर्ने,
१५ – फिजियोथेरापिष्टले पनि दुरी कायम गरेर उपचार दिनु पर्ने, सामाग्रिहरुबाट दुरी कायम गर्ने,
१६ – कपडा सफा गर्ने, जुता सफा आफैले गर्ने अथवा व्यक्तिगत रुपमा वासिङ मेसिनको प्रयोग गर्ने, सामाग्रि व्यवस्थापन गर्ने व्यक्तिले सुरक्षा सामाग्रिको प्रयोग गर्ने ।

यसरी छुट्याइएको छ रिस्क एरिया

एन्फाले तयार पारेको अभ्यास मापदण्डमा तीन भागमा रिस्क क्षेत्र भनेर छुट्याएको छ । जसमा तीन रङ्गले तीनवटै क्षेत्रलाई छुट्याइएको छ ।

ग्रिन सिंगलमा केही रिस्क कम भएका क्षेत्र जस्तै, होस्टल, मैदानको पिच, खेलाडीको टनेल, चेन्जिङ रुम, मेडिकल रुम, जिम हल छन् ।

यस्तै, यल्लो सिग्नल भएका क्षेत्रमा स्टेडियम स्ट्यान्ड, मिडिया क्षेत्र, प्राविधिक विभाग, कन्ट्रोल रुम छन् ।

यस्तै, जोखिम बढी भएको क्षेत्र अर्थात् रेड सिग्नल भएको क्षेत्रमा प्रवेशद्वार, पार्किङ क्षेत्र, एन्फा कार्यालय, रंगशाला बाहिरको भाग ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १० : ४३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी