फुटबलको अभ्यास मापदण्ड तयार, के के परे ‘रिस्क जोन’मा ? « Khabarhub

फुटबलको अभ्यास मापदण्ड तयार, के के परे ‘रिस्क जोन’मा ?



काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको अभ्यासका लागि मापदण्ड तयार पारेको छ ।

एन्फाले बनाएको मापदण्डमा स्वास्थ्य सुरक्षादेखि खेलाडीले क्याम्पमा रहँदा के गर्ने के नगर्ने, कुन क्षेत्र कति सम्बेदनसिल लगायतका सबै कुराहरुलाई स्पष्ट पारेको छ ।

एन्फा स्रोतबाट प्राप्त मापदण्डमा एन्फाले १६ बुँदाको अभ्यासमा फर्किने तयारीकाहरु उल्लेख गरेको छ ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगतको संयुक्त छनोटका बाँकी खेलका लागि एन्फाले भदौ १ गतेदेखि अभ्यास सुरुगर्ने तयारी गरेको छ ।

जसमा लागि एन्फाले अबको केही दिनमै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खेलाडीसहित ७० जनाको कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ ।

एन्फाले फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) को गाइडलाइन अनुसार नेपालको मापदण्ड तयार गरेको हो ।

एन्फाले तयार पारेको गाइडलाइन आज (बिहीबार) स्वीकृत हुने स्रोतले जनाएको छ ।

१ – सरसफाइ निर्देशन
२ – अभ्यास अगाडि र पछाडि ड्रेसिङ रुममा समय कम विताउने,
३ – खेलाडी र कर्मचारीलाई रोगको लक्ष्यणबारे जानकारी गराउने,
४ – दर्शक विना अभ्यास गर्ने,
५ – अभ्यासमा जानु अगाडि तापक्रम जाँच्ने,
६ – सम्भव भएसम्म हरेक कोठामा ह्यान्ड सेनिटाइजर राख्ने,
७ – हरेक दिनको अभ्यास सकिएपछि हल्का डिसइनफेक्सन गर्ने,
८ – टीमको मिटिङ ठूलो स्पेस भएको ठाउँमा गर्ने,
९ – सम्भव भएसम्म सँगै बसेर खाना नखाने, एक्लै एक्लै गरेर भान्सामा जाने,
१० – आफ्नो पानी पिउने बोतल अरुलाई प्रयोग गर्न नदिने,
११ – चेन्जीङ रुम र सावर सानो समूहमा प्रयोग गर्ने,
१२ – फिटनेस रुपमा सानो समुहमा जाने, आफुले फिटनेस अभ्यास सकेपछि सेनिटाइजरको प्रयोग गर्ने,
१३ – मेडिकल टीमले फेस मास्क, हातमा पञ्जा लगाएर काम गर्ने,
१४ – खेलाडीको उपचारका लागि फिजोयोथेरापिष्टले समय व्यवस्थापन गर्नु पर्ने,
१५ – फिजियोथेरापिष्टले पनि दुरी कायम गरेर उपचार दिनु पर्ने, सामाग्रिहरुबाट दुरी कायम गर्ने,
१६ – कपडा सफा गर्ने, जुता सफा आफैले गर्ने अथवा व्यक्तिगत रुपमा वासिङ मेसिनको प्रयोग गर्ने, सामाग्रि व्यवस्थापन गर्ने व्यक्तिले सुरक्षा सामाग्रिको प्रयोग गर्ने ।

यसरी छुट्याइएको छ रिस्क एरिया

एन्फाले तयार पारेको अभ्यास मापदण्डमा तीन भागमा रिस्क क्षेत्र भनेर छुट्याएको छ । जसमा तीन रङ्गले तीनवटै क्षेत्रलाई छुट्याइएको छ ।

ग्रिन सिंगलमा केही रिस्क कम भएका क्षेत्र जस्तै, होस्टल, मैदानको पिच, खेलाडीको टनेल, चेन्जिङ रुम, मेडिकल रुम, जिम हल छन् ।

यस्तै, यल्लो सिग्नल भएका क्षेत्रमा स्टेडियम स्ट्यान्ड, मिडिया क्षेत्र, प्राविधिक विभाग, कन्ट्रोल रुम छन् ।

यस्तै, जोखिम बढी भएको क्षेत्र अर्थात् रेड सिग्नल भएको क्षेत्रमा प्रवेशद्वार, पार्किङ क्षेत्र, एन्फा कार्यालय, रंगशाला बाहिरको भाग ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १० : ४३ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु