सुशान्त केशमा ‘फरार’ भएकी रिया अपार्टमेन्टमा देखिइन् « Khabarhub

सुशान्त केशमा ‘फरार’ भएकी रिया अपार्टमेन्टमा देखिइन्


२२ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा विभिन्न विषयमा बहस भइरहेको छ । प्रहरीले सुशान्तले आत्महत्या गर्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

सुशान्त केशमा कलाकार रिया चक्रवर्तीलाई पनि शंकाको घेरामा तानिएको छ । उनीविरुद्ध सुशान्तका पिताले उजुरी दिएका छन् ।
रिया प्रहरीको खोजी सूचीमा थिइन् । र, उनी फरार भएको भनिएको थियो ।

भारतीय मिडियाका अनुसार रिया चक्रवर्ती आफ्नो मुम्बईको अपार्टमेन्टमा आएकी छिन् । केही समय लुकेर बसेपछि उनी अपार्टमेन्टमा देखिएकी हुन् ।

यसअघि बिहार प्रहरीले रियाको खोजी थालेको थियो । उनको मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्क हुन सकेको थिएन ।

रियाले बिहार प्रहरीको साटो मुम्बई प्रहरीले अनुसन्धान गरोस् भन्दै याचिका दायर गरेकी थिइन् । बिहार प्रहरीले भने रियाको खोजी भइरहेको बताएको छ ।

रियाले सुशान्तको बैंकबाट करोडौं रुपैयाँ झिकेको र मानसिक तनाव दिएर मन बाध्य पारेको परिवारले आरोप लगाएको छ । रियाले भने सत्यको जीत हुने र सुशान्तको परिवारले आफूलाई फसाउन खोजेको दाबी गरेकी छिन् ।

गत १४ जुनमा मुम्बईस्थित एक फ्ल्याटमा सुशान्तले घाँटीमा पासो लगाएर आत्महत्या गरेका थिए । आत्महत्याको कारण प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  १२ : १६ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६