सुशान्त केशमा ‘फरार’ भएकी रिया अपार्टमेन्टमा देखिइन् « Khabarhub

सुशान्त केशमा ‘फरार’ भएकी रिया अपार्टमेन्टमा देखिइन्


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा विभिन्न विषयमा बहस भइरहेको छ । प्रहरीले सुशान्तले आत्महत्या गर्नुको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ ।

सुशान्त केशमा कलाकार रिया चक्रवर्तीलाई पनि शंकाको घेरामा तानिएको छ । उनीविरुद्ध सुशान्तका पिताले उजुरी दिएका छन् ।
रिया प्रहरीको खोजी सूचीमा थिइन् । र, उनी फरार भएको भनिएको थियो ।

भारतीय मिडियाका अनुसार रिया चक्रवर्ती आफ्नो मुम्बईको अपार्टमेन्टमा आएकी छिन् । केही समय लुकेर बसेपछि उनी अपार्टमेन्टमा देखिएकी हुन् ।

यसअघि बिहार प्रहरीले रियाको खोजी थालेको थियो । उनको मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्क हुन सकेको थिएन ।

रियाले बिहार प्रहरीको साटो मुम्बई प्रहरीले अनुसन्धान गरोस् भन्दै याचिका दायर गरेकी थिइन् । बिहार प्रहरीले भने रियाको खोजी भइरहेको बताएको छ ।

रियाले सुशान्तको बैंकबाट करोडौं रुपैयाँ झिकेको र मानसिक तनाव दिएर मन बाध्य पारेको परिवारले आरोप लगाएको छ । रियाले भने सत्यको जीत हुने र सुशान्तको परिवारले आफूलाई फसाउन खोजेको दाबी गरेकी छिन् ।

गत १४ जुनमा मुम्बईस्थित एक फ्ल्याटमा सुशान्तले घाँटीमा पासो लगाएर आत्महत्या गरेका थिए । आत्महत्याको कारण प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १२ : १६ बजे

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई

आफ्नै समर्थकको सरकारबाट डा. केसीका माग पूरा हुन कति सम्भव ?

काठमाडौं– डा गोविन्द केसीले बिहीबारबाट फेरि आमरण अनसन सुरु गरेका

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा