दूध र तुलसीका पात उमालेर पिउँदा पाइन्छ यी ५ रोगबाट छुटकारा « Khabarhub

दूध र तुलसीका पात उमालेर पिउँदा पाइन्छ यी ५ रोगबाट छुटकारा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तुलसीका पात औषधीय गुणले भरिपूर्ण हुन्छ । मान्छेले तुलसीका पात चियामा हालेर पनि खाने गर्छन् । यसका फाइदा धेरै छन् । चिसो लागेका बेला यसको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ ।

अझ दूध र तुलसीका पात मिसाएर उमालेर खाँदा यसले फाइदा पुर्‍याउँछ । यति मात्र होइन, तुलसी र दूध खाँदा शर्दीबाहेक अन्य रोगबाट पनि जोगिन सकिन्छ ।

दम रोग

यदि तपाईलाई स्वासप्रस्वाससम्बन्धि समस्या छ या दम छ भने दूधमा तुलसीको पात हालेर उमालेर खानुस् । यसले फाइदा पुर्‍याउँछ ।

माइग्रेन

दूधमा तुलसीका पात हालेर उमालेर खाँदा टाउको दुख्ने समस्या पनि कम हुन्छ । नियमित रुपमा दूध र तुलसी खाँदा यसले माइग्रेनका बिरामीलाई राहत दिन्छ ।

डिप्रेसन

आजभोलिको जीवनमा कतिपयलाई डिप्रेसनको समस्या हुन्छ । कामको बोझ या तनावले मान्छेलाई डिप्रेसनतर्फ उन्मुख गराउँछ ।

यदि तपाईं डिप्रेसनमा हुनुहुन्छ भने दूध र तुलसीका पात खाँदा फाइदा गर्छ । यसले तनाव र चिन्ताबाट टाढा बनाउँछ ।

पत्थरी

यदि तपाईंलाई पत्थरी छ भने नियमित रुपमा खाली पेट तुलसी दूध पिउनु लाभदायक हुन्छ । यसो गर्दा तपाईंको मिर्गौलाको पत्थरी र दुखाइ टाढा भाग्छ ।

यति मात्र नभएर तुलसीका पातमा हुने एन्टीअक्सिडेन्टस गुणले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पनि फाइदा पुर्‍याउँछ । साथै तुलसीका पातमा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण पनि हुने भएकाले स्वस्थ राख्न लाभदायक हुन्छ ।

उपयोग कसरी गर्ने ?

तुलसी दूध बनाउनका लागि सबैभन्दा पहिले डेढ गिलास दूधमा ८ देखि १० पत्ता तुलसी हाल्नुहोस् । जब दूध उम्लेर एक गिलास हुन्छ, तब यसलाई सेलाउन दिएर पिउनुस् । यसरी नियमित सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १२ : ४२ बजे

विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा आज यहाँ

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ।

हङकङमा भीषण आगलागी, १३ जनाको मृत्यु

काठमाडौं- हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र

प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाउने