दूध र तुलसीका पात उमालेर पिउँदा पाइन्छ यी ५ रोगबाट छुटकारा « Khabarhub

दूध र तुलसीका पात उमालेर पिउँदा पाइन्छ यी ५ रोगबाट छुटकारा


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तुलसीका पात औषधीय गुणले भरिपूर्ण हुन्छ । मान्छेले तुलसीका पात चियामा हालेर पनि खाने गर्छन् । यसका फाइदा धेरै छन् । चिसो लागेका बेला यसको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ ।

अझ दूध र तुलसीका पात मिसाएर उमालेर खाँदा यसले फाइदा पुर्‍याउँछ । यति मात्र होइन, तुलसी र दूध खाँदा शर्दीबाहेक अन्य रोगबाट पनि जोगिन सकिन्छ ।

दम रोग

यदि तपाईलाई स्वासप्रस्वाससम्बन्धि समस्या छ या दम छ भने दूधमा तुलसीको पात हालेर उमालेर खानुस् । यसले फाइदा पुर्‍याउँछ ।

माइग्रेन

दूधमा तुलसीका पात हालेर उमालेर खाँदा टाउको दुख्ने समस्या पनि कम हुन्छ । नियमित रुपमा दूध र तुलसी खाँदा यसले माइग्रेनका बिरामीलाई राहत दिन्छ ।

डिप्रेसन

आजभोलिको जीवनमा कतिपयलाई डिप्रेसनको समस्या हुन्छ । कामको बोझ या तनावले मान्छेलाई डिप्रेसनतर्फ उन्मुख गराउँछ ।

यदि तपाईं डिप्रेसनमा हुनुहुन्छ भने दूध र तुलसीका पात खाँदा फाइदा गर्छ । यसले तनाव र चिन्ताबाट टाढा बनाउँछ ।

पत्थरी

यदि तपाईंलाई पत्थरी छ भने नियमित रुपमा खाली पेट तुलसी दूध पिउनु लाभदायक हुन्छ । यसो गर्दा तपाईंको मिर्गौलाको पत्थरी र दुखाइ टाढा भाग्छ ।

यति मात्र नभएर तुलसीका पातमा हुने एन्टीअक्सिडेन्टस गुणले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पनि फाइदा पुर्‍याउँछ । साथै तुलसीका पातमा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण पनि हुने भएकाले स्वस्थ राख्न लाभदायक हुन्छ ।

उपयोग कसरी गर्ने ?

तुलसी दूध बनाउनका लागि सबैभन्दा पहिले डेढ गिलास दूधमा ८ देखि १० पत्ता तुलसी हाल्नुहोस् । जब दूध उम्लेर एक गिलास हुन्छ, तब यसलाई सेलाउन दिएर पिउनुस् । यसरी नियमित सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १२ : ४२ बजे

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई