कतार च्यारिटीद्वारा ९५ लाख बराबरको खाद्यन सहयोग « Khabarhub

कतार च्यारिटीद्वारा ९५ लाख बराबरको खाद्यन सहयोग



दोहा : कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकलाई कतारको सरकारी संस्था कतार च्यारिटीले दोस्रो चरणमा ९५ लाख बराबरको राहत दिएको छ ।

कतार सरकारको आन्तरिक मन्त्रालय र प्रतिष्ठित च्यारिटी संस्था कतार च्यारिटी मार्फत दोस्रो चरणको राहत प्याकेज प्राप्त भएको एनआरनए कतारले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

अलमीरा कन्जुमर मार्फत खरीद तथा प्याकिंङ्ग गरिएको फुड किटको मूल्य एक प्याकेट बराबर करीव १३६ रियाल बराबरको रहेको र २२५० वटा कुल राहत प्याकेज प्राप्त भएको एनआरएनए कतारका प्रबक्ता सन्तोष क्षेत्रीले जानकारी दिए ।

प्रवक्ता क्षेत्रीका अनुसार प्राप्त भएको राहत कुपन आवश्यकता अनुसार कोरोनाबाट पीडित तथा खानको लागि समस्या भएको नेपाली श्रमिकलाई वितरण गरिने बताएका छन् ।

गैरआवासीय नेपाली संघ कतारको समन्वयमा कतारको गृह मन्त्रालयद्वारा कतार च्यारिटिमार्फत नेपाली दूतावासको समेत सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा ५,९१७ थान राहत स्वरुप खाद्यसामग्री वितरण गरिसकिएको जनाएको छ ।

यसघि पनि कोरोनाको कारण समस्यामा परेका नेपाली श्रमिकहरुका लागि कतार च्यारिटीले डेढ करोड रुपैयाँ बराबरको खाधान्न दिएको थियो ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  २ : १४ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु