सूर्योदय नगरपालिमा आजबाट लकडाउन | Khabarhub Khabarhub

सूर्योदय नगरपालिमा आजबाट लकडाउन


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम । सूर्योदय नगरपालिकामा आज राति १२ बजेबाट अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ ।

नगर कार्यपालिकाको ९५ औ आकस्मिक बैठकको निर्णय अनुसार लकडाउन गर्ने घोषणा गरिएको नगरद्धारा जारी सुचनामा उल्लेख छ । पछिल्लो समय सूर्योदय नगरपालिका सहित जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिकाले यो निर्णय गरेको वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले बताए ।

कोरोनाको सम्भावित बढ्दो जोखिमलाई नगर क्षेत्रभित्र नियन्त्रण गर्न यस क्षेत्रका कृषिजन्य उत्पादन, दुग्द्यजन्य उत्पादन, दैनिक उपभोग्य खाध्यान्न बस्तु, अत्यावश्यक इन्धन, औषधी ओसारपसार आपुर्ति कार्यबाहेक अन्य स्थानीय यातायात, होटल रेस्टुरेन्ट, होमस्टे, हाटबजारहरु, टोल समाजमा भिडभाड हुने क्रियाकलापहरु संचालन गर्न नपाइने भएको छ ।

त्यसैगरी सरकारी कार्यालय संघसंस्था, सामुदायिक तथा आवासीय विद्यालय, इन्स्टिच्युट, गैर सरकारी संस्था एवम सामाजिक संघसंस्था लगायतबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु समेत संचालन नहुने प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलद्धारा जारी गरिएको सुचनामा उल्लेख छ ।

खाध्यान्न पसल र खाध्यान्न सामग्रीको हकमा बिहान ८ बजेबाट १२ बजेसम्म मात्र सामाजिक दुरी र सुरक्षाका न्युनतम मापदण्ड पालना गरी खुल्ला गर्ने गराउने व्यहोरा सुचनामा उल्लेख छ ।

यो निर्णय अर्को सुचना जारी नभएसम्मको लागि लागु हुने नगरले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ५८ बजे

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको