सूर्योदय नगरपालिमा आजबाट लकडाउन « Khabarhub

सूर्योदय नगरपालिमा आजबाट लकडाउन


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम । सूर्योदय नगरपालिकामा आज राति १२ बजेबाट अनिश्चितकालका लागि लकडाउन घोषणा गरिएको छ ।

नगर कार्यपालिकाको ९५ औ आकस्मिक बैठकको निर्णय अनुसार लकडाउन गर्ने घोषणा गरिएको नगरद्धारा जारी सुचनामा उल्लेख छ । पछिल्लो समय सूर्योदय नगरपालिका सहित जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिकाले यो निर्णय गरेको वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले बताए ।

कोरोनाको सम्भावित बढ्दो जोखिमलाई नगर क्षेत्रभित्र नियन्त्रण गर्न यस क्षेत्रका कृषिजन्य उत्पादन, दुग्द्यजन्य उत्पादन, दैनिक उपभोग्य खाध्यान्न बस्तु, अत्यावश्यक इन्धन, औषधी ओसारपसार आपुर्ति कार्यबाहेक अन्य स्थानीय यातायात, होटल रेस्टुरेन्ट, होमस्टे, हाटबजारहरु, टोल समाजमा भिडभाड हुने क्रियाकलापहरु संचालन गर्न नपाइने भएको छ ।

त्यसैगरी सरकारी कार्यालय संघसंस्था, सामुदायिक तथा आवासीय विद्यालय, इन्स्टिच्युट, गैर सरकारी संस्था एवम सामाजिक संघसंस्था लगायतबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु समेत संचालन नहुने प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलद्धारा जारी गरिएको सुचनामा उल्लेख छ ।

खाध्यान्न पसल र खाध्यान्न सामग्रीको हकमा बिहान ८ बजेबाट १२ बजेसम्म मात्र सामाजिक दुरी र सुरक्षाका न्युनतम मापदण्ड पालना गरी खुल्ला गर्ने गराउने व्यहोरा सुचनामा उल्लेख छ ।

यो निर्णय अर्को सुचना जारी नभएसम्मको लागि लागु हुने नगरले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ५ : ५८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन