आज विभिन्न मुलुकबाट १ हजार ४६६ नेपाली स्वदेश फर्किए « Khabarhub

आज विभिन्न मुलुकबाट १ हजार ४६६ नेपाली स्वदेश फर्किए


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीका कारण  विभिन्न देशमा अप्ठेरोमा परेका १ हजार ४६६ जना नेपाली आज स्वदेश फर्केका छन्।

आज ९ वटा अन्तर्राष्ट्रिय उडानमार्फत उनीहरु स्वदेश फर्केको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले जानकारी दिएको छ।

टीआईएका अनुसार आज साउदी अरबको दमामबाट हिमालय एअरलाइन्स मार्फत १५४ जना आएका छन् भने रियादबाट नेपाल एयरलाइन्स मार्फत २५९ जना।

यस्तै, कतारको दोहाबाट हिमालयन एअरलाइन्स मार्फत १५७ जना, साउदी अरबको दमामबाट नेपाल एअरलाइन्समा १४४ जना, युएईको दुबईबाट फ्लाई दुबई मार्फत १६४ जना आज स्वदेश फर्केका छन्।

मलेसियाको क्वालालम्पुरबाट मालिन्डो एअर मार्फत १७८, युएईको सारजाहाबाट एअर अरेबिया मार्फत १६८ जना, टर्कीको स्तानबुलबाट टिर्कस एअरलाइन्स मार्फत ७६ जना र युएईको सारजाहाबाट एअर अरेबिया मार्फत १६६ जना नेपाली आज स्वदेश फर्केको टीआईएले जनाएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ६ : ३४ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै