दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना « Khabarhub

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमण गरेको आरोप लगाउँदै कडा भर्त्सना गरेको छ।

एमाले झापा क्षेत्र नम्बर–५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक नारायण प्रसाद गौतमले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा रास्वपाका कार्यकर्ताको व्यवहारले शान्तिपूर्ण र भयरहित निर्वाचन हुनेप्रति गम्भीर शंका उत्पन्न भएको उल्लेख गरिएको छ।

संघीय निर्वाचनका लागि उम्मेदवारी मनोनयन देशभर उल्लासमय रूपमा भइरहेको समयमा झापा क्षेत्र नम्बर–५ अन्तर्गत दमकमा रास्वपाका कार्यकर्ताले एमाले अध्यक्ष तथा सोही क्षेत्रका उम्मेदवार केपी शर्मा ओलीलाई उम्मेदवारी दर्ता गर्न नदिन नियतपूर्वक आक्रमण गरेको दाबी गरिएको छ।

उक्त आक्रमणमा एमालेका तीन जना नेता तथा कार्यकर्ता घाइते भएका छन्। साथै दुई जनाको सुनको सिक्रीसमेत लुटिएको विज्ञप्तिमा उल्लेख छ।

एमालेले जेनजी उपद्रवपछि लुटिएका हातहतियार अझै बाहिरै रहेको र आपराधिक पृष्ठभूमिका कैदीबन्दी खुला रहेको अवस्थालाई स्मरण गराउँदै भयरहित चुनावप्रति पहिलेदेखि नै शंका व्यक्त हुँदै आएको जनाएको छ। दमकको घटनाले त्यो शंकालाई थप पुष्टि गरेको दाबी गरिएको छ।

विज्ञप्तिमा एमाले जिम्मेवार दलका रूपमा संयमित ढंगले चुनावी गतिविधिमा सहभागी भइरहेको उल्लेख गर्दै पार्टीको संयमतालाई कमजोरीका रूपमा लिइए भविष्यमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवारी रास्वपा र सरकार स्वयं हुने चेतावनी दिइएको छ।

यसका साथै समाजमा अराजकता सिर्जना गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरिएको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : १६ बजे

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल