राष्ट्रिय परिचयपत्रका लागि १६ हजारको विवरण दर्ता « Khabarhub

राष्ट्रिय परिचयपत्रका लागि १६ हजारको विवरण दर्ता


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानअन्तर्गत तीन साताको अवधिमै १६ हजार ६९ जनाले विवरण दर्ता गराएका छन् ।

कारोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीपछि असार अन्तिम सातादेखि सञ्चालन गरिएको दर्ता अभियानअन्तर्गत जिल्लाका नौवटै स्थानिय तहमा ८६ जना कम्प्युटर अपरेटर आवश्यक सामग्री र उपकरणसहित परिचालन गरी दर्ता अभियान शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार राष्ट्रिय परिचयपत्र दर्ताका लागि स्थानीय तहका वडावडामा कम्प्युटर अपरेटर परिचालन गरी दर्ताको कार्य भइरहेको छ ।

“वितरण दर्ताका लागि जनप्रतिनिधिको सहयोग र रुजु अधिकारीका रुपमा वडा सचिवको सहयोग लिइएको छ”, उनले भने, “विवरण दर्ताको कार्य सन्तोषजनकरुपमा अगाडि बढी रहेको छ ।”

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार बेदकोट नगरपालिकामा चार हजार ३४३, शुक्लाफाँटा नगरपालिकामा तीन हजार ९९४, कृष्णपुर नगरपालिकामा तीन हजार २१८ जनाको विवरण दर्ता गरिएको छ ।

महाकाली नगरपालिकामा एक हजार ४५७, बेलौरी नगरपालिकामा ७५६, बेलडाँडी गाउँपालिकामा ७०७, लालझाडी गाउँपालिकामा ५९९, भीमदत्त नगरपालिकामा ५९५ र पुनर्वास नगरपालिकामा ४०० जनाको विवरण दर्ताको कार्य गरिएको छ ।

गत चैत महिनामा शुरु भएको अभियान भीमदत्त नगरपालिकाको वडा नं १८ बाट शुभारम्भ गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै बन्दाबन्दी गरिएपछि जारी अभियान स्थगित गरिएको थियो । सो अभियान पुनः असार महिनको अन्तिम सातादेखि सञ्चालन गरिएको छ । बन्दाबन्दीअघि १० हजार बढी व्यक्तिको विवरण दर्ता गरिएको थियो ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानका लागि बेदकोट नगरपालिकामा १४, शुक्लाफाँटा नगरपालिकामा ११, कृष्णपुर नगरपालिकामा नौ, महाकाली नगरपालिकामा पाँच, बेलौरी नगरपालिकामा तीन, बेलडाँडी गाउँपालिकामा दुई, लालझाडी गाउँपालिकामा दुई, भीमदत्त नगरपालिकामा ३८ र पुनर्वासमा दुई गरी ८६ जना कम्युटर अपरेटर परिचालन गरिएका छन् ।

कारोना भाइरस सङ्क्रमणको जोखिमबीच न्यूनतम सेवाग्राही उपस्थित गराएर विवरण दर्ताको कार्य गर्न र स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर भीडभाड नगर्ने नगराउने गरी सेवा लिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ८ : १० बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो