कोरोनापछि चीनमा पुनः ‘एसएफटीएस’ भाइरसको संक्रमण, ७ जनाको मृत्यु « Khabarhub

कोरोनापछि चीनमा पुनः ‘एसएफटीएस’ भाइरसको संक्रमण, ७ जनाको मृत्यु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण निर्मुल नभइसकेको अवस्थामा चीनमा पुनः अर्को भाइरसको संक्रमण देखा परेको छ ।

कोरोनाको उदगमस्थल चीनमा अर्को ‘एसएफटीएस’ नामको भाइरसको संक्रमण देखा परेको जनाइएको छ । यो भाइरसको संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने ६७ जना संक्रमित भएका छन् ।

दक्षिण चीनमा फैलिएको यो भाइरस अन्य मानिसमा समेत सर्न सक्ने भन्दै चेतावनी दिइएको छ । पूर्वी चीनको जियांग्शू प्रान्तमा एसएफटीएस नामको यो भाइरसका कारण ३७ जना संक्रमित भएका छन् ।

त्यस्तै अन्हूईमा २३ जना संक्रमित भएका छन् । जियांग्शूको नानजियांगमा एक महिलामा पहिलोपटक यो संक्रमण देखिएको थियो ।

उनलाई खोकी धेरै लागेको थियो । एक महिना उपचार गरेपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार झेजियांग प्रान्तमा हालसम्म यो भाइसका कारण सात जनाको मृत्यु भएको छ ।

यो भाइरस सन् २०११ मा पत्ता लागेको थियो । भायरोलोजिस्टका अनुसार जनावरको शरीरमा टाँसिने किराहरुबाट यो मानिसमा सर्ने जनाइएको छ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ३१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने