भारतमा कुल कोरोना संक्रमितमध्ये ६७ प्रतिशत निको भए « Khabarhub

भारतमा कुल कोरोना संक्रमितमध्ये ६७ प्रतिशत निको भए


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा कोरोनाभाइरसबाट कुल संक्रमितमध्ये ६७.६२ प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमणमुक्त हुनेको यो दर अहिलेसम्मकै उच्च हो ।

भारतमा अहिलेसम्म १३ लाख २८ हजार ३३६ कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

ती मध्ये पछिल्लो २४ घण्टामा ४६ हजार १२१ जना सङ्क्रणमुक्त भएका हुन् । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण कुल सङ्क्रमितको सङ्ख्या १९ लाख ६४ हजार ५ सय बढी रहेको छ ।

सङ्क्रमित भएका र सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा पछिल्लो समयमा ठूलो अन्तर देखिदै गएको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितमध्ये सात लाख ३२ हजार ८३५ जना निको भइनसकेको देखिन्छ तर अहिले पनि सङ्क्रमित अवस्थामा रहेका विरामीको सङ्ख्या पाँच लाख ९५ हजार ५०१ रहेको छ । भारतमा बिहीबारसम्म ४० हजार ६९९ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ३०.३१ प्रतिशत मात्रै हो । जवकी यो सङ्ख्या यसअघि योभन्दा सामान्य धेरै रहँदै आएको अधिकारीहरुको भनाइ छ ।

उनीहरुले कुल मृतकको अनुपात पनि अन्य देशको तुलनामा भारतमा कम भएको दावी गरेका छन् । भारतमा अहिले कुल सङ्क्रमितमध्ये २.०७ प्रतिशतको मात्रै मृत्यु हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभरीको कुल सङ्ख्याको आधारमा हेर्दा भारतको अवस्था सुधारोन्मुख नै देखिएको जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  ९ : ५१ बजे

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा

सिरहामा कानुन व्यवसायीको फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा– सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा