यस्ता लक्षण देखिए तत्काल जचाउँनुस् मिर्गौंला « Khabarhub

यस्ता लक्षण देखिए तत्काल जचाउँनुस् मिर्गौंला


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्ला वर्षमा वर्षेनी मिर्गौलाका बिरामी बढिरहेका छन् । कतिपयले त नियमित चेकजाँच नगर्ने हुँदा मिर्गौलामा समस्या देखिएको निकै पछि मात्र आफूलाई मिर्गौलाको रोग भएको थाहा पाउँछन् ।

तर, जब थाहा हुन्छ, त्यति बेला मिर्गौला निकै बिग्रिसकेको हुन्छ । त्यसो हो भने प्रश्न उठ्न सक्छ, मिर्गौला ठिक छ वा छैन भन्ने कसरी थाहा पाउने त ?

यी लक्षणले चाहिँ कतै मिर्गौलामा समस्या त छैन भन्ने थाहा दिन्छ । योसँगै नियमित चेकजाँच गर्नेहरुले चाहिँ चिकित्सकलाई आफूलाई भएका समस्याबारे बताउनु पर्ने हुन्छ ।

१. यदि छिटो थकाइ लागेको महसुस हुन्छ, काममा एकाग्रता हुँदैन

मिर्गौलामा समस्या देखिएमा हाम्रो शरीरमा टक्सिनहरुको विकास हुन्छ जसले हाम्रो रगतलाई पूर्ण रुपमा अक्सिजन शरीरका अंगहरुमा पुर्याउन दिँदैन । मिर्गौलामा समस्या हुँदा बिरामीमा अनेमिया पनि देखिन सक्छ ।

२. निद्रा लाग्दैन वा सुताइमा समस्या छ

जब मिर्गौलाले राम्रोसँग काम गर्दैनन्, हाम्रो शरीरले आराम महसुस गर्न सक्दैन । यसले गर्दा हामीलाई निद्रामा समस्या देखिन सक्छ । तौल बढ्नुसँग पनि मिर्गौला रोगको सम्बन्ध हुन्छ । जे होस्, राती निद्रा पर्न गाह्रो हुन्छ वा निद्रा राम्रो पर्दैन भने पनि हामीले मिर्गौला जचाउनु पर्छ ।

३. सुख्खा र छाला चिलाइरहने

राम्रा मिर्गौलाले राम्रो काम गर्न सक्छ । मिर्गौलाले हाम्रो शरीरलाई आवश्यक नपर्ने फोहोरहरु हटाउन सहयोग गर्छ । तर, यो फोहोर हाम्रो रगतमा आयो भने हाम्रो छाला सुख्खा हुन्छ र चिलाइरहने हुन्छ । यस्तो भएको खण्डमा पनि मिर्गौला जाँच्नु ठिक हुन्छ ।

४. बारम्बार पिसाब लागिरहन्छ

यदि तपाईंलाई बारम्बार पिसाब लागिरहन्छ र यो क्रम रातीमा झन् बढी हुन्छ भने मिर्गौला परीक्षण गरिहाल्नु पर्ने हुन्छ । त्यसो त कहिलेकांही यो प्रोस्टेटका कारण पनि हुनसक्छ तर यस्तो समस्या चाहिँ सबैभन्दा बढी मिर्गौलामा समस्यामा देखिएमा हुन्छ ।

५. पिसाबमा रगत देखियो वा फिँजजस्तो पिसाब भएमा

मिर्गौलाले खासमा पिसाबमा हाम्रो शरीरमा अनावश्यक कुराहरु मात्र पठाउँछ । तर, पिसाबमा रगत देखियो भने वा पिसाब फिँजजस्तो आएमा तत्काल जचाउनु पर्छ । किनकि यसले मिर्गौलाको गम्भीर समस्या इंगित गर्छ ।

६. खुट्टाहरु सुनिएको छ

खुट्टाहरु अस्वाभाविक रुपमा सुनिएको छ भने पनि त्यो मिर्गौलाको समस्या हुनसक्छ । त्यसैले गोलीगाँठा तथा खुट्टा सुनिएमा मिर्गौलाको चेकअप गरिहाल्नु पर्छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : ३४ बजे

श्रमिक ठगी गर्न बनेका कार्यविधि खारेज गरिने

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिक ठगी

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन माग

काठमाडौं– हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय

काठमाडौं ५ का मतदाताको प्रतिक्रियाले उत्साहित छु : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट

‘धुरन्धर-२’ टिजरमा रणवीर सिंहको एक्सन र थ्रिलको झलक

काठमाडौँ– बलिउड सुपरहिट फिल्म ‘धुरन्धर’ को बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धर–२ : द

वर्षमानसँग मतदाताले राखे यस्ता माग 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन गृहजिल्ला रोल्पामा