सुनसरी, चितवन, स्याङ्जासहितका जिल्लामा थप १६५ जनामा कोरोना संक्रमण « Khabarhub

सुनसरी, चितवन, स्याङ्जासहितका जिल्लामा थप १६५ जनामा कोरोना संक्रमण


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरीको धरानमा ६४, चितवनमा ३४, स्याङ्जामा २२ तथा कास्कीमा २० सहित थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरान १३ फुस्रेस्थित आर्मी क्याम्पका सेना तथा तिनका परिवारसहित ६२ जना र २ जना प्रहरीमा शनिबार  साँझ संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेस मेहताले बताए ।

आर्मी क्याम्प भित्र १० जनाभन्दा बढीलाई एकैपट ज्वरो आएपछि १७ गते १३१ जनामा गरीएको परीक्षणमा ६२ जनामा संक्रमण देखिएको मेहताले बताए ।

चितवनमा पनि थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावले शनिबार राति १२ बजे सार्वजनिक गरेको परीक्षणमा रिपोर्टमा चितवनका ३० सहित ३४ जनामा कोरोना पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म छन् ।

भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनकै राप्ती- २ का ३४ वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।

यस्तै नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जामा २२, कास्कीमा २० सहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ६७ जना थपिएका हुन्।

गण्डकी प्रदेश निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार संक्रमित हुनेमा स्याङ्जा र कास्कीका ४२ जनासहित नवलपुरका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जना छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २५१४ पुगेको छ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : ५२ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो