सुनसरी, चितवन, स्याङ्जासहितका जिल्लामा थप १६५ जनामा कोरोना संक्रमण « Khabarhub

सुनसरी, चितवन, स्याङ्जासहितका जिल्लामा थप १६५ जनामा कोरोना संक्रमण


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरीको धरानमा ६४, चितवनमा ३४, स्याङ्जामा २२ तथा कास्कीमा २० सहित थप १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरान १३ फुस्रेस्थित आर्मी क्याम्पका सेना तथा तिनका परिवारसहित ६२ जना र २ जना प्रहरीमा शनिबार  साँझ संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेस मेहताले बताए ।

आर्मी क्याम्प भित्र १० जनाभन्दा बढीलाई एकैपट ज्वरो आएपछि १७ गते १३१ जनामा गरीएको परीक्षणमा ६२ जनामा संक्रमण देखिएको मेहताले बताए ।

चितवनमा पनि थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड ल्यावले शनिबार राति १२ बजे सार्वजनिक गरेको परीक्षणमा रिपोर्टमा चितवनका ३० सहित ३४ जनामा कोरोना पुष्टि भएको हो ।

चितवनस्थित भरतपुर अस्पतालको कोभिड ल्यावकी प्रमुख डा. नीतु अधिकारीका अनुसार संक्रमितहरू १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म छन् ।

भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनकै राप्ती- २ का ३४ वर्षीय पुरूषमा पनि संक्रमण भएको छ ।

यस्तै नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जामा २२, कास्कीमा २० सहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप ६७ जना थपिएका हुन्।

गण्डकी प्रदेश निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार संक्रमित हुनेमा स्याङ्जा र कास्कीका ४२ जनासहित नवलपुरका १३, तनहुँका ७, बागलुङका ३ र लमजुङका २ जना छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २५१४ पुगेको छ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : ५२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै