कोरोना संक्रमणबाट यूएईमा थप ५ नेपालीको मृत्यु, विदेशी भूमिमा ज्यान गुमाउनेको संख्या २०० पुग्यो « Khabarhub

कोरोना संक्रमणबाट यूएईमा थप ५ नेपालीको मृत्यु, विदेशी भूमिमा ज्यान गुमाउनेको संख्या २०० पुग्यो


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट विदेशमा थप पाँचजना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै नेपालीहरू युएईमा कार्यरत हुन्। योसँगै हिजोसम्म विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २०० पुगेको छ।

स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरूमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ।

समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रूपमा वृद्धि भएको छ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीको मृत्यु भएको छ।

हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ९३९ जनामा कोरोना संक्रमण देखिएको छ। ३२ हजार ९८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ। यो कूल संक्रमित संख्याको ९४ प्रतिशत हो।

यस्तै नेपालमा मात्र ४५ हजार २७७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये २७ हजार १२७ जना कोरोनामुक्त भएका छन्। नेपालमा कोरोनामुक्त हुने संख्या औसत ६० प्रतिशत रहेको छ।

नेपालमा २८० जनाको कोरोना कारण ज्यान गएको छ। कोरोना संक्रमणका कारण नेपालसहित जम्मा ४८० जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ।

यस्तै विश्वभर ८० हजार २१६ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ६० हजार ११० जना कोरोनामुक्त भएका छन्। नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७५ प्रतिशत रहेको छ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ११ : ३२ बजे

नदी कटान नियन्त्रण आयोजना निर्माण सुरु

म्याग्दी– बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–३ बगरफाँटको सिमाना

तनहुँमा धान उत्पादन बढ्यो

दमौली– यो वर्ष तनहुँमा धान उत्पादन बढेको छ । कृषि

‘कर्मचारी दूधले नुहाएका र नेता गलत भन्ने भाष्य गलत छ’

काठमाडौं – जेन-जी आन्दोलन पश्चात मधेश प्रदेश राजनीतिक खिचातानीले अस्थिर

विद्रोहको मुद्दा सम्बोधन नगरी कसरी हुन्छ चुनाव ?

भाद्र २३ र २४ गतेको जेन-जी विद्रोह केवल क्षणिक राजनीतिक

एलडिसी बैठक : वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौं– नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण