एम्बुलेन्समा राखेर बालिका अपहरण गर्ने तीन पक्राउ | Khabarhub Khabarhub

एम्बुलेन्समा राखेर बालिका अपहरण गर्ने तीन पक्राउ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- बालिका अपहरणको आरोप तीन जना पक्राउ परेका छन् । मोरङको पथरी-शनिश्चरे नगरपालिका-८ की बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई एम्बुलेन्स चालक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी-शनिश्चरे- ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका-६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

रणपहेली नातामा अपहरित बालिकाका काका पर्ने व्यक्ति हुन्। आचार्य को२ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को२च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन्।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो।

प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि सार्वजनिक गरेको हो।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १२ : ४७ बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई