सुनील ग्रोबरका साथ किन काम गर्ने चाहना राख्थिन शल्पा शिंन्दे ? « Khabarhub

सुनील ग्रोबरका साथ किन काम गर्ने चाहना राख्थिन शल्पा शिंन्दे ?


२१ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतीय टेलिभिजनको लोकप्रिय सिरियल भाभी जी घर पर हैंबाट चर्चामा रहेकी अभिनेत्री शिल्पा शिंदे प्राय चर्चामा छन् । उनले प्रोडक्सन हाउससँगको तित्तताले यो लोकप्रिय शो समेत छाडेकी थिइन् ।

शिल्पाको उक्त कदमले चलिरहेको शोको लोकप्रियता गिर्न थाल्यो । यसैबीच उनीमाथि अनेकन लाञ्छनाहरु लागे । तर उनी शोमा फर्किनन् । यो मुद्दा सिने एण्ड टीभी आर्टिस्ट्स एसोसिएशन, इण्डियामा समेत पुग्यो । उनलाई टेलिभिजन जगतमा काम गर्न नदिन सक्ने समेत चेतावनी दिइयो तथापी उनले शो गरिनन् । लगत्तै उनले सलमान खानको होस्ट रहेको शो बिगबोसमा हिस्सा लिइन् र जितिन् ।

बिगबोस जितेपछि उनी माथिका लाञ्छनाहरु बिस्तारै कम हुदैँ गए । यसैबीच उनलाई भर्खर टेलिभिजनमा आएको कमेडी शो ग्याग्स अफ फिल्मिस्तानको अफर आएको थियो ।

शुरुवातमा उनले यसका लागी स्वीकार गरेपनि पछि यसमा काम नगर्ने बताइन् । यसको कारणमा उनले उक्त शोमा रहने सुनील ग्रोवरका साथ काम गर्न नचाहेको बताइन् ।

ग्याग्स अफ फिल्मिस्तानका निर्माण पक्षले उनलाई सुनीलसँग कुनै काम गर्नु नपर्ने भन्दै मनाइरहेका छन् । उनले सुनील आसपास हुदाँ पुरा अभिनय उनले कब्जा गर्ने र आफ्नो भूमिका फिक्का हुने भन्दै उनले सुनीलसँग काम गर्न नचाहानुको कारण बताएकी थिइन् ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १ : ११ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा