मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज बनाउन भूमिका खेलौँ – मन्त्री गुरुङ « Khabarhub

मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज बनाउन भूमिका खेलौँ – मन्त्री गुरुङ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणमा योगदान पु¥याउन सबैलाई आह्वान गरेका छन् ।

मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराधको घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको अन्त्य गर्ने सरकारको अभियानमा साथ दिन सबै राजनीतिक दलहरुलाई पनि आग्रह गरे ।

‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औं राष्ट्रिय दिवस’को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उनले राजनीतिक दल, सबै तहका जनप्रतिनिधिहरुले मानव बेचबिखन हुन नदिन आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने पनि स्पष्ट पारे ।

मन्त्री गुरुङले मानव बेचबिखनलगायतका जघन्य अपराधको घटना हुन नदिने अभियानमा संलग्न सामाजिक अभियन्ताहरुलाई ‘राष्ट्रिय परिचय पत्र’ बनाएर सम्मान गर्ने योजना पनि अघि सारेका छन् ।

त्यसका लागि आवश्यक नीतिगत निर्णय तत्काल गर्ने उनको योजना छ । ‘समाज रुपान्तरणको अभियानमा लाग्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उल्लेख्य योगदान पुर्‍याउनेहरुलाई राज्यले सम्मान गर्नेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक नीतिगत निर्णय तत्काल गरिनेछ ।’

मन्त्री गुरुङले सभ्य, सुसस्कृत समाज निर्माणका लागि पनि मानव बेचबिखन तथा ओसारपसार जस्ता घटना हुन नदिन सरकारले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ४ : ०९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ