स्वास्थ्यमन्त्री ढकाल तीन दिनदेखि होम क्वारेन्टिनमा « Khabarhub

स्वास्थ्यमन्त्री ढकाल तीन दिनदेखि होम क्वारेन्टिनमा


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका छन् ।

मन्त्री ढकाल बस्दै आएको ललितपुरको हरिहरभवनस्थित मन्त्री क्वार्टरमा बस्दै आएका परिवारका एकजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम क्वारेन्टिनमा बसेका हुन् ।

काठमाडौंमै एक संस्थामा जागिर गर्ने मन्त्री ढकालका परिवारका एक सदस्यमा ज्वरो आउने र जिउ दुख्ने समस्या देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गराएका थिए ।

उनमा तीनदिन अघि कोरोना पुष्टि भएपछि मन्त्री ढकाल पनि मन्त्रालय जान छाडेर तीनदिनअघि देखि क्वारेन्टिनमा बसिरहेको मन्त्री ढकालले खबरहबलाई बताए ।

‘तीनदिन देखि म होम क्वारेन्टिनमा छु,’ मन्त्री ढकालले खबरहबसँग भने, ‘काठमाडौंमै जागिर गर्ने एकजना परिवारका सदस्यलाई जीउ दुख्ने, ज्वरो आउने समस्या भएपछि कार्यालय जानुअघि कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आयो । त्यसपछि हामी सबै क्वार्टरमै क्वारेन्टिनमा छौं ।’

मन्त्री ढकालका अनुसार कोरोना संक्रमण पुष्टि भएका उनका परिवारका सदस्यको अवस्था सामान्य रहेको र उनी पनि क्वार्टरमै होम आइसोलेसन बनाएर बसेका छन् ।

मन्त्री क्वार्टरमा अहिले मन्त्री ढकालकी पत्नी, दिदी, छोरा र एकजना भतिज समेत बस्दै आएका छन् ।

मन्त्री ढकालले चिकित्सकसँग परामर्श लिएर कन्ट्याक्ट ट्रेसिङको आधारमा ती सदस्यमा संक्रमण देखिएको ५ दिनपछि परिवारका सबैको कोरोना परीक्षण गराउने पनि जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ५६ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र