दशैंसम्म निषेधाज्ञा लम्ब्याउन ललितपुरका सीडीओको सुझाव | Khabarhub Khabarhub

दशैंसम्म निषेधाज्ञा लम्ब्याउन ललितपुरका सीडीओको सुझाव


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञा गर्नुपर्ने धारणा राखेका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकन गर्नका लागि गठन भएको उपसमितिको बैठकमा प्रजिअ भट्टले चाडपर्व र जात्रासँग जनताको भावना गाँसिएको हुने भएकाले त्यो बेलामा मान्छेको भीडभाड बढ्न सक्ने र कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै यस्तो धारणा राखेका हुन् ।

उनले तीजका बेलामा संक्रमण बढ्न सक्ने भएकाले निषेधाज्ञा गरिएको स्मरण गरे । ‘तीजका बेला हामीले तत्काल आदेश जारी गरेका थियौं, त्यसैले व्यवस्थापन भएको थियो । अब फेरि चाडबाड आएका छन्, दसैँजस्तो ठूलो चाड आएको छ,’ उनले भने ।

उनले चाडबाड र रीतिरिवाजमा मान्छेहरूको भावना जोडिएको बताए । साथै उनले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप र भीडतर्फ संकेत गर्दै दशैंमा पनि यस्तो अवस्था आउन सक्ने भएकाले निषेधाज्ञा गर्नुपर्ने बताए ।

उनले अहिलेको निषेधाज्ञाको मोडललाई केही खुकुलो पारेर जानुपर्ने पनि सुझाव दिए ।

‘दसैँसम्म हामीले कुनै न कुनै रूपमा अलिकति खुकुलो बनाएर पनि निषेधाज्ञाको स्थिति कायम राख्नपर्छ, नत्र आम मान्छेहरू दसैँमा घर जाने भन्ने हुन्छ,’ प्रजिअ भट्टले भने, ‘जमानादेखि गरिआएको ठूलाबडाबाट टीका थाप्नैपर्छ, जेसुकै भएपनि आशिर्वाद लिनैपर्छ भन्ने सोचले अवस्था गम्भीर आउन सक्छ ।’

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ५७ बजे

गर्मीबाट हज–यात्रीलाई बचाउन साउदी अरबको सङ्घर्ष

काठमाडौं – इस्लामको सबैभन्दा महत्त्वपूर्ण संस्कार हजमा दस लाखभन्दा बढी

वेददेखि विभेदसम्म !

काठमाडौँ – नेपालमा आज ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस’

बजेटले राष्ट्रिय आवश्यकता सम्बोधन गर्न सकेन : नारायणकाजी श्रेष्ठ

काठमाडौं– सांसद नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि

सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन

धुलिखेल–खावा सडक : पुनः ठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन

काभ्रेपलाञ्चोक– सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा