नेप्सेमा गिरावट, दोहोरो अङ्कले घट्यो « Khabarhub

नेप्सेमा गिरावट, दोहोरो अङ्कले घट्यो


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.४५ अङ्कले घटेर एक हजार ४९९.९७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५४ अङ्कले घटेर ३०२.१९ मा पुगेको छ ।

आज कूल १९१ कम्पनीका ७० लाख ३८ हजार ९९० कित्ता शेयर रु दुई अर्ब ७८ करोड २३ लाख ७७ हजार ८८७ मा खरिदबिक्री भयो । कारोबार भएको कूल १२ मध्ये दुई उपसमूहको शेयर बढेको छ ।

व्यापार २२.६३ र सामूहिक लगानी कोष ०.०१ अङ्कले बढ्दा बैंकिङ ८.१४, होटल २५.५९, विकास बैंक २०.८, जलविद्युत् ५.७४, वित्त २, निर्जीवन बीमा २५.६१, उत्पादन ४०.४३, अन्य १२.६५, माइक्रोफाइनान्स १०.२७ र जीवन बीमा २६.३३ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको शेयर रु ४० करोड १३ लाख एक हजार ८४ मा कारोबार भई शीर्ष स्थानमा रह्यो ।

नेपाल बैंक लिमिटेड रु ११ करोड ७३ लाख ५२ हजार ९८६, नेको इन्सुरेन्स रु १० करोड एक लाख ५४ हजार ४५९, अरुण काबेली पावर लिमिटेड रु आठ करोड ८२ लाख ३३ हजार २६९, शिखर इन्सुरेन्स रु आठ करोड २५ लाख ५८ हजार ५२५ र शिवम् सिमेन्ट्स लिमिटेडको रु सात करोड ८४ लाख ४८ हजार ५६१ मा कारोबार भई शीर्ष स्थानमा रह्यो ।

उन्नति सहकार्य लघुवित्त ९.९०, अरुणभ्याली हाइड्रोपावर लिमिटेड ९.८२, जोशी हाइड्रोपावर ९.७२, राधी हाइड्रोपावर ९.६२, युनिभर्सल पावर ९.५२, नेपाल हाइड्रो डेभपलपर्स ६.६७ र अरुण काबेली पावरका शेयरधनीले ५.९९ प्रतिशतले कमाए ।

यसैगरी एनआरएन इन्फ्रास्ट्रक्चर ९.८७, रसुवागढी हाइड्रोपावर कम्पनी ५.२९, हिमाल दोलखा हाइड्रोपावर कम्पनी ४.४, छ्याङ्दी हाइड्रोपावर ३.८१, श्री इन्भेष्टमेन्ट प्रालि ३.७५ र मल्टीप्रपोज फिनान्स कम्पनीका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ६ : ०८ बजे

केपी ओलीको विकल्प छैन, प्रतिनिधिले पत्याए ईश्वर कमरेड भिड्दा हुन्छ : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका

कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा

भोजपुर कारागारका कैदीबन्दीलाई ‘स्मार्ट कार्ड’

टक्सार– यहाँको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट