शैलुङ र होनिकोसँग गरिएको युरिया मल ठेक्का सम्झौता रद्द | Khabarhub Khabarhub

शैलुङ र होनिकोसँग गरिएको युरिया मल ठेक्का सम्झौता रद्द


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलको ठेक्का सम्झौता रद्द गरेको छ।

ठेक्का सम्झौताअनुसार तोकिएको समयमा मल ल्याउन नसकेपछी ठेक्का रद्द गरिएको हो

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुषालले शैलुङ र होनिकोसँग गत असारमा गरिएको युरिया मलको ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिएका हुन् ।

दुवै कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखी पठाउने र धरौटी रकम जफत गर्ने पनि निर्णय गरेको छ।

भुसालका अनुसार शैलुङसँगको २५ हजार मेट्रिक टन र होनिकोसँगको २५ हजार गरी ५० हजार मेट्रिक टन युरिया मलको सम्झौता रद्द गरिएको हो।

यी दुई कम्पनीले भदौ २० गतेसम्म समान २५ हजार युरिया मल खरिद गरेर नेपाल ल्याइसक्ने गरी कृषि सामग्री कम्पनीसँग सम्झौता गरेका थिए।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ७ : २९ बजे

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा

आकर्षक गन्तव्य बन्दै आमपानी झरना

कैलाली– आमपानी झरना कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर