रातो मच्छिन्द्रनाथ सोह्रखुट्टे पाटी पुर्‍याइयाे, ललितपुरमा भोलि निषेधाज्ञा थप कडाइ « Khabarhub

रातो मच्छिन्द्रनाथ सोह्रखुट्टे पाटी पुर्‍याइयाे, ललितपुरमा भोलि निषेधाज्ञा थप कडाइ


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- रातो मच्छिन्द्रनाथको रथ आइतबार ललितपुरको पुल्चोकदेखि सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ ।

परम्पराअनुसार पुल्चोकबाट गाःबहाल क्षेत्रमा रथ पुर्‍याउनुपर्छ । तर यस वर्ष कोभिड–१९ महामारीका कारण रथलाई केही परसम्म मात्रै तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।

महर्जनले कोभिड महामारीको कारणले गर्दा रथ यात्रामा परिवर्तन गरिएको बताए ।

रथलाई ६/७ किलोमिटर सम्म (बुङमती) नपुर्‍याइ केही बेर तानेर टुङ्ग्याइने उनले जनाए ।

भदौ २६ गते उपयुक्त साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई अवतरण गराइ बुङमती लगिने कार्यक्रम तय भइसकेको बताइ ।

त्यसको चार दिनपछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने पनि उनले बताए ।

यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन ।

प्रहरीले कार्यक्रम स्थललाई चारै तर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । गएको बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति विना रथ तान्न थालेपछि विवाद भएको थियो ।

यसैबीच निषेधाज्ञा उलंघन भएको ठहर गर्दै ललितपुर प्रहरीले सोमबारबाट कडाई गर्ने भएको छ।

ललितपुरका प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार सोमबारबाट ललितपुरमा निषेधाज्ञा झन कडा गरिने छ। उनका अनुसार ललितपुरमा निषेधाज्ञाको उलंघन हुँदा कोरोनाको जोखिम झन् बढ्दै गएपछि यस्तो तयारी गरिएको हो।

सरकारले खाद्यन्न, डेरी, औषधि पसल जस्ता अत्यावश्यक पसल खुल्ने अनुमती दिए पनि अरु पसलहरु समेत खुलेको देखिएको उनको भनाइ छ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ८ : ४० बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न