ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो « Khabarhub

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गर्न सुरु गरेको छ।

बिहीबार ताहाचलस्थित केन्द्रको परिसरमा आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल तथा ऊर्जा मन्त्रालयका प्रतिनिधिद्वय सुदन मानन्धर र समीर क्षेत्रीले छनोट भएका विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गरेका हुन्।

सो अवसरमा बोल्दै निर्देशक ढकालले विद्यार्थीका जिज्ञासा मेटाउँदै ग्यास भन्दा इन्डक्सन चुलो करिब ३२ देखि ४० प्रतिशतसम्म कम खर्च लाग्ने बताए । निर्देशक ढकालले चुलो प्राप्त गरेका बिद्यार्थीलाई बधाई समेत दिएका थिए ।

ग्यास अभावको समयमा उपत्यका बाहिरबाट अध्ययनका लागि आएका विद्यार्थीलाई राहत पु¥याउने उद्देश्यले केन्द्रले इन्डक्सन चुलो वितरणका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये २४७ विद्यार्थी छनोट भएका छन्। तीमध्ये बिहीबार ५१ विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गरिएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार बाँकी विद्यार्थीले असोज २३ र २६ गते ताहाचलस्थित कार्यालयमा उपस्थित भएर चुलो लिन सक्नेछन्।

चुलो लिन विद्यार्थीले नेपाली नागरिकताको प्रमाणपत्र, लोपोन्मुख आदिवासी जनजाति वा दलित वर्ग खुलेको सरकारी निकायको सिफारिस, अध्ययनरत शैक्षिक संस्थाको सिफारिस पत्र, विद्यार्थी परिचयपत्र तथा स्वघोषणा फारामको सक्कल र स्वप्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ।

केन्द्रका अनुसार असोज २३ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र असोज २६ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चुलो वितरण हुनेछ। तोकिएको मितिमा उपस्थित नहुने स्वीकृत नामावलीका विद्यार्थीको आवेदन स्वतः खारेज हुने केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ३ : ०६ बजे

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व