महामारीकाबीच ६ महिनापछि सञ्चालन हुँदै जनकपुरका विद्यालय « Khabarhub

महामारीकाबीच ६ महिनापछि सञ्चालन हुँदै जनकपुरका विद्यालय


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- कोरोना भाइरसको महामारीकाबीच धनुषास्थित जनकपुरका विद्यालय आज मंगलबारबाट सञ्चालन हुँदैछन् ।

जनकपुरधाम उपमहानगरपालिकाले कोरोनाले चैतदेखि बन्द रहेका शैक्षिक संस्थाहरु सञ्चालन गर्ने निर्णय गरेसँगै आजबाट विद्यालय खुल्न लागेका हुन् ।

सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने शर्तमा ६ देखि १२ कक्षासम्मका विद्यालयमा पठनपाठन हुन लागेको उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिइन्।

शिशु कक्षा र बाल विकासका कक्षा भने विद्यार्थीको घरघरबाटै सञ्चालन हुनेछन् । यसका लागि शिक्षकहरू घरमै पुगेर ‘होम स्कूलिङ’ सेवा दिने निर्णय भएको उनले बताइन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ११ : १५ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने