२ घण्टामा कामबाट निकालिए, सात महिनादेखि अलपत्र « Khabarhub

२ घण्टामा कामबाट निकालिए, सात महिनादेखि अलपत्र



दोहा— गाउँका अरू युवा झैँ बाराका शिव बच्चन साह रौनियार पनि गत मार्चमा धन कमाउने सपना बोकेर युनाइटेड अरब इमिरेट्स (युएई) पुगे ।

शिव काठमाडौँमा रहेको स्प्रिङ नेपाल ह्युमन रिसोर्सेज म्यानपावर कम्पनीलाई २ लाख रुपैँया बुझाएर युएई पुगेका थिए । पठाउने कम्पनीले उनलाई ‘अफिस ब्वाइ’ र ‘प्लस्टरको काम’ को भनेको थियो । त्यसमै ढुक्क भए उनी ‘क्रिस्टल फर सिरमिक कम्पनी’ मा गए ।

शिवले नेपालको म्यानपावर कम्पनीले भनेअनुसारको काम पाएनन् । उनलाई टाइल र मार्बलको काम लगाइयो । काम थालेको २ घण्टामै उनी निकालिए । काम नजानेको भनेर कम्पनीको मान्छेले उनलाई काममा नआउनू भन्यो ।

कामबाट निकालिएपछि शिव केही दिन सडकमै भौँतारिए । युएईमै रहेका एजेन्ट हरिभक्त बिष्टले फेरि काम खोजिदिए तर, भिसा नभएको भनेर कम्पनीले राख्न मानेन ।

शिव युएई पुगेको सात महिना भइसकेको छ । उनी घर फर्किन चाहन्छन् । युएईस्थित नेपाली दूतावासले टिकटको व्यवस्था गरेर दूतावासकै गाडीमा दुई पटक विमानस्थल पुर्‍यायो तर, उनी विमान चढ्न पाएनन् ।

उनी काममा गएको कम्पनीले उनलाई १२ हजार दिराम जरिवाना लगाएर केस चलाएको छ । त्यो जरिवाना नतिरी उनी युएई छाड्न पाउँदैनन् । विमानस्थलबाट फर्किनु परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उनका लागि खाने र बस्ने व्यवस्था गरेको थियो ।

एनआरएनए प्रतिनिधिले युएईमा रहेका एजेन्ट बिष्टलाई सम्पर्क गरेर ३ हजार ५ सय दिराम कम्पनीलाई दिने सहमति गरायो र कम्पनीमा बुझाउन लगायो । बाँकी ८ हजार ५ सय दिराम कम्पनीमा नबुझाई आफूले युएई छाड्न नपाउने शिवको भनाइ छ ।

‘दूतावासमा फोन गर्दा मेरो नाम सुन्नेबित्तकै फोन काटिदिन्छन्,’ शिवले खबरहबसँग भने, ‘उद्धारको लागि धेरैतिर अनुरोध गरँ तर कतैबाट सहयोग पाइनँ ।’

अहिले उनी एनआरएन युएईको संरक्षणमा छैनन् । एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाले शिवलाई अत्यावश्यक सबै सामग्री दिएर राखेको तर उनी आफैँ हिँडेको बताए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ७ : ०१ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले