मंगलबार बिहानै थप ४ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

मंगलबार बिहानै थप ४ कोरोना संक्रमितको मृत्यु


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ, सुनसरी र चितवनमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोजना संक्रमितको मृत्यु भएको छ ।

मोरङका दुई संक्रमित पुरूषको आज बिहान मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरूषको बिहान साढे २ बजेतिर र कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको दाहालले बताए ।

उनका अनुसार मृतक दुबै पुरूषमा अन्य रोगको पनि समस्या थियो । कानेपोखरीका पुरूष ब्लड क्यान्सरबाट पीडित थिए भने रतुवामाईका पुरूषमा सुगरको समस्या रहेको उनले बताए ।

पाँच वर्षदेखि ब्लड क्यान्सरको उपचार गराइरहेका कानेपोखरीका ती पुरूष सोमबार दिउँसो उपचारका लागि नोबेल अस्पतालमा भर्ना भएका थिए ।उनमा सोमबार साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।

यस्तै छ दिनअघि कोरोना पुष्टि भएका रतुवामाई नगरपालिका –८ का ४५ वर्षीय पुरुषको उपचारका लागि असोज १३ गते अस्पताल भर्ना भएका थिए ।

चितवनमा संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कावासोती नगरपालिका ५ का ७७ वर्षीया वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।

उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएसँगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

धरानमा थप एकको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

सुनसरीको धरान–३ का ६४ वर्षीय वृद्धको आज विहान ४:२० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा सुगर रोगको पनि समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५५८ पुगेको छ । यद्यपि यो विवरणलाई स्वास्थ्य मन्त्रालयले समावेश गरिसकेको छैन । मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५५४ पुगिसकेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ४४ बजे

कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु

उपप्रधानमन्त्री सिंहले भने : देश स्थिरतासहित समृद्धितर्फ अघि बढेकाे छ

नुवाकोट – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले शिक्षाको विकासबाट

समाजवादी गणतन्त्र निर्माणमा साथ दिन अध्यक्ष प्रचण्डको आग्रह

सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पाकिस्तानलाई मोदीको चेतावनी : आणविक ‘ब्लाकमेल’ स्वीकार्य छैन

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका – आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका