उद्योगी व्यवसायीलाई राहत दिन माग « Khabarhub

उद्योगी व्यवसायीलाई राहत दिन माग


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा उद्योग वाणिज्य संघले गण्डकी प्रदेश सरकारले घोषणा गरेको व्यवसाय जीवन रक्षा कोष तत्काल प्रयोगमा ल्याउन माग गरेको छ ।

संघले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले प्रदेश सरकारले घोषणा गरेको कोषबाट राहत पाउने आशामा रहेका व्यवसायी कार्यविधि नै नबन्दा निराश भएको बताए ।

‘मृत्युपछि ओखतीको काम हुँदैन’, अध्यक्ष अधिकारीले भने, ‘घोषणाको लागि मात्र कोष बनेको हो भने एउटा कुरा, होइन भने सो कोष तत्काल कार्यान्वयनमा आउनुपर्छ भन्ने पोखरा उद्योग वाणिज्य संघको माग रहेको छ ।’

उनले ढलेका व्यवसाय उठाउन राज्यबाट सहयोगको टेको दिइयोस् भन्ने निजी क्षेत्रको माग रहेको बताउँदै सरकारले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमार्फत् घोषणा भएको राहत प्याकेज वास्तविक पीडित व्यवसायीले पाउनुपर्नेमा जोड दिए ।

लकडाउन र निषेधाज्ञा त खुले पनि उद्योग व्यवसायले गति लिन नसकेको उनको भनाइ थियो । अध्यक्ष अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको विषम परिस्थितिका कारण कतिपय व्यवसायी पलायन भएका तथा धेरैजसो व्यवसायी बैंकबाट लिएको कर्जाको साँवा र ब्याज कसरी बुझाउने भन्ने तनावमा रहेको बताए ।

यता पोखरा उद्योग वाणिज्य संघले गएको बर्षमा आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट करिब ८ लाख ९० हजार ९२१ लाख वचत भएको जनाएको छ ।

अध्यक्ष अधिकारीका अनुसारले संघले प्रवेश टिकटबाट १५ लाख ३१ हजार तथा विभिन्न शीर्षकमा भएका प्रायोजक लगायतका स्रोतबाट ८२ लाख ९२ हजार ४ सय गरी ९८ लाख २३ हजार ४ सय आम्दानी गरेको थियो । सबै खर्च कटाउँदा उत्त, रकम बचत भएको जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ११ : २८ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी