तोडफोड गर्ने सांसदलाई कारबाही गर्नुपर्छ– गगन थापा « Khabarhub

तोडफोड गर्ने सांसदलाई कारबाही गर्नुपर्छ– गगन थापा


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगन थापाले सोमबार प्रदेश ५ मा आफ्नै सांसदहरूले गरेको तोडफोड संसदीय मर्यादा विपरित भएको भन्दै कारबाही गर्न माग गरेका छन्।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले घटनाको आत्मालोचना गर्दै कारबाही गरिनुपर्ने बताएका हुन्।

‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरित छ। संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ। हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ’ नेता थापाले फेसबुकमा लेखेका छन्।

प्रतिपक्षको भूमिकाबारे नेतृत्वले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेको बताउँदै नेता थापाले भने, ‘प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठकाविरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ र आवाज उठाउने तरिका संसदीय अभ्यासभित्रै छ। प्रतिपक्षको भूमिका के–कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।’

आवेग र आवेशमा गरिएका व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्ने नेता थापाको तर्क छ। ‘प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ। नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ’ थापाले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : ४० बजे

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स

गगनको घरअगाडि पनि बिहानैदेखि तेर्स्याइयो कार

काठमाडौं- सरकार समर्थित समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति

भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित

भक्तपुर– जिल्लाभित्र रहेका सम्पूर्ण बालबालिका अर्थात् १० हजार ७४३ बालबालिकाले

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा