कोरोना परीक्षणमा ‘एन्टिजेन वेस टेस्टिङ’ विधि लागू गरिँदै « Khabarhub

कोरोना परीक्षणमा ‘एन्टिजेन वेस टेस्टिङ’ विधि लागू गरिँदै


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना परीक्षणमा एन्टिजेन वेस टेस्टिङ विधि लागु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना परीक्षण सम्बन्धि निर्देशिका (राष्ट्रिय टेस्टिङ गाइडलाइन) परिमार्जन गर्दै एन्टिजेन वेस टेष्ट विधिबाट कोरोना परीक्षण गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौमतले एन्टिजेन टेष्ट विधिबाट छिटो र थोरै समयमा धेरै व्यक्तिको कोरोना परीक्षण गर्न सकिने बताए ।

उनले विशेषगरी मास स्क्रिनिङको लागि एन्टिजेन टेष्ट प्रभावकारी हुने पनि जानकारी दिए ।

‘प्रहरीको ब्यारेक वा ठूलो संख्यामा परीक्षण गर्नुछ भने मास स्क्रिनिङको लागि एन्टिजेन वेस टेस्टिङ प्रयोग गर्न सक्छौं’, डा गौतमले भने ।

यस्तै अस्पतालमा आउने बिरामीहरुका लागि छिटो रिपोर्ट चाहिने हुँदा उनीहरुका लागि पनि एन्टिजेन टेष्ट प्रभावकारी हुने डा गौतमले बताए ।

एन्टिजेन टेष्टमा पोजेटिभ आउनेहरुलाई पीसीआर परीक्षण गर्दा पोजेटिभ आएजस्तै मानिने उनले बताए । लक्षण नभएका व्यक्रिहरुमा कोरोना पोजेटिभसँग कन्ट्याकमा पनि आएको छैन भने पीसीआर परीक्षण नगरिने पनि बताए ।

यस्तै एन्टिजेन टेष्टमा नेगेटिभ आएमा तर उनीहरुमा कोरोनाको लक्षण भएमा पीसीआर परीक्षण पनि गरिने उनले बताए ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ६ : ०७ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको