बालुवाटारमा नेकपा सचिवालय बैठक जारी « Khabarhub

बालुवाटारमा नेकपा सचिवालय बैठक जारी


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा सांगठनिक एकीकरणका बाँकी काम साथै मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने एक नेताले बताए ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गरेका छन् ।

त्यसका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग पनि उनले परामर्श गरेका छन् । त्यसबारे पनि बैठकमा छलफल हुने सम्भावना रहेको ती नेताले बताए ।

यस्तै, असोज ६ मा बसेको बैठकले १० दिनभित्र बाँकी सांगठनिक एकीकरणको प्रस्ताव बनाउन अयक्षद्वय ओली र दाहालसँगै महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो । तर, दश दिनको समयसिमा सकिँदा पनि प्रस्ताव तयार भएको छैन । त्यसबारे पनि छलफल हुने भएको छ ।

यसैगरी पार्टीमा छलफलविनै अघिल्लो हप्ता सरकारले नियुक्त गरेका तीन राजदूतबारे छलफल हुने जनाइएको छ।

 

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ५ : ३९ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको