यु.एन.एच.सी.आर.की प्रतिनिधिद्वारा परराष्ट्रमन्त्री समक्ष ओहोदाको प्रमाणपत्र पेश « Khabarhub

यु.एन.एच.सी.आर.की प्रतिनिधिद्वारा परराष्ट्रमन्त्री समक्ष ओहोदाको प्रमाणपत्र पेश


२० आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यु.एन.एच.सी.आर.) की नवनियुक्त प्रतिनिधि  क्यारोलिन स्पानुथ वर्माले परराष्ट्रमन्त्री  प्रदीपकुमार ज्ञवाली समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

नेपालमा यु.एन.एच.सी.आर. प्रतिनिधिको रूपमा कार्यभार सम्हाल्न गत भदौ ३० मा काठमाडौं आएकी उनले परराष्ट्रमन्त्री ज्ञवाली समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेकी छिन् ।

आफ्नो काम सुरु गरेपछि उनले भनिन्, “उत्पीडनबाट बच्न भाग्न बाध्य भएका व्यक्तिहरुलाई संरक्षण प्रदान गर्ने मामिलामा नेपाल सरकार र नेपाली जनताको काम प्रशंसनीय रहेको छ। विशेषगरी आफ्नै संसाधनहरूको चुनौतीका बीच पनि नेपालले देखाएको उदारतालाई अन्तर्राष्ट्रिय समुदायले कदर गरेको छ।’

उनले आफ्नो कार्यकालमा नेपाल सरकार र यूएनएचसीआरका अन्य साझेदारहरूसँग मिलेर सहकार्य रहने जनाइन् ।

उनी शरणार्थी संरक्षणका लागि यूएनएचसीआरमा आबद्ध भएको करिब २५ वर्ष भएको छ ।

उनले विभिन्न अन्तर्राष्ट्रिय संरक्षण र कानूनसम्बन्धी पदहरूमा रहि मोरक्को, मलेसिया, इन्डोनेसिया, उत्तरी म्यासेडोनिया, बुल्गेरिया र युएनएचसीआरको मुख्यालयमा अन्तर्राष्ट्रिय संरक्षण विभागका साथै एसिया र अफ्रिकाका क्षेत्रीय कार्यालयहरुमा काम गरिसकेकी छिन् ।

उनले अन्तर्राष्ट्रिय शरणार्थी संरक्षणको विषयमा मात्र नभएर, पुनर्वास, एकीकरण, स्वेच्छिक स्वदेश फिर्ती, शरणार्थी हैसियत निर्धारण, अन्तर्राष्ट्रिय मानवीय कानून, गैर-सैनिक नागरिकहरूको संरक्षण, बाल संरक्षण, लैङ्गिक सवालहरू, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहको समावेशिता, क्षमता विकास, शरणार्थीसम्बन्धी कानूनी प्रशिक्षण र कर्मचारी कल्याणका क्षेत्रमा पनि काम गरेकी छिन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ४२ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको