कतारले २०२१ को सुरुवातमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने « Khabarhub

कतारले २०२१ को सुरुवातमा कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने



दोहा- कतारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयले खोप आवश्यक पर्ने सबैलाई खोपले अनुमति पाउने बित्तिकै निःशुल्क उपलब्ध गराउने जनाएको हो ।

हमाद मेडिकल कर्पोरसनको ईन्फेक्सन डिजिज विभाग प्रमुख डा. अव्दुल्लाह अल खालले यसका लागि कतारले केही हप्ता वा महिना भित्रै पर्याप्त खोपको प्रबन्ध गर्ने प्रयास गरिरहेको जानकारी दिएका छन् ।

कतार ट्रिव्यूनका अनुसार खोपले अनुमति पाउने बित्तिकै कतारले प्राप्त गर्नेगरी स्वास्थ्य मन्त्रालयले प्रयास जारी राखेको छ । यसका लागि फिजर कम्पनीसँग यस अगाडि नै खोप उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिसकेको समेत उनले बताए ।

सो कम्पनी कोभिड-१९ विरुद्धको खोप बनाउने प्रयासमा रहेका विभिन्न कम्पनीहरु मध्ये एक हो । सो कम्पनीले तयार पारेको खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ ।

उक्त खोप विभिन्न मुलुकका ४४ हजार व्यक्तिमा परीक्षण हुँदैछ । यो खोपले अक्टोवर वा नोभेम्वर महिनामा आम रुपमा लगाउन अनुमति प्राप्त गर्ने अपेक्षा गरिएको खालले बताए ।

कतारले डिसेम्वर महिनासम्ममा वा सन् २०२१ को सुरुवातमा पहिलो चरणमा खोप प्राप्त गर्ने विश्वास ब्यक्त गरेको छ।

कतारमा पछिल्लो २४ घण्टामा थप २५१ जनामा कोरोना संक्रमण देखा परेको छ भने २२९ जना निको भएर घर फर्किएका छन् ।

योसंगै कतारमा कोरोना सङ्क्रमित हुनेको संख्या १ लाख २६ हजार ९ सय ४३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या १ लाख २३ हजार ८ सय ९३ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या २१६ पुगेको छ जसमध्ये १८ नेपाली पनि छन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ८ : ५४ बजे

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल